back

फुटबल खेलाडी सावित्रा भण्डारीको उपचार कतारमा हुने

वि.सं.२०७८ असार ९ बुधवार

432 

shares
GLOBAL IME AD
NTC AD

९ असार, काठमाडौँ । नेपाली महिला फुटबल टोलीका सदस्य सावित्रा भण्डारी (साम्बा) को उपचार कतारमा गरिने भएको छ । लामो समयदेखि घुँडाको चोटका कारण मैदान बाहिर रहेकी भण्डारीको उपचार कतारको दोहामा गर्न लागिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

उनको उपचारमा कतार फुटबल संघले सहयोग गर्ने भएको छ । भण्डारी उपचारका लागि शनिबार कतार जाने छिन् ।

सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध भण्डारी राष्ट्रिय महिला लिग खेल्ने क्रममा पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन् । एपिएफले महिला लिगको उपाधि जित्दा उनले १० खेलमा ४३ गोल गरेकी थिइन् । दायाँ घुँडामा चोट लागेपछि भण्डारीले अन्तिम दुई खेल गुमाउनुपरेको थियो ।

यसअघि पुरुष फुटबल टोलीका सदस्य विक्रम लामा र विमल घर्ती मगरको पनि कतारमै उपचार गरिएको थियो ।

वि.सं.२०७८ असार ९ बुधवार १३:१४ मा प्रकाशित

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यु-१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको...

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले...

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । युगान्डामा जारी महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल...

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

काठमाडौँ । केपी ओली कप फुटबलको उपाधिका लागि आज त्रिभुवन...

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

काठमाडौँ । अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी...