back

नगरपालिकाका ११ वटै वडाका कृषकलाई मौरीसहितको घार वितरण

वि.सं.२०७८ असार १० बिहीवार

333 

shares
GLOBAL IME AD
NTC AD

१० असार, बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा मौरीघार वितरण गरेको छ । मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको हो ।

कृषकलाई एकदिने मौरीपालनसम्बन्धी तालिमसहित मङ्गलबार मौरीघार वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख रेशम दाहालले बताए । चालु आर्थिक वर्षको कार्यक्रमअनुसार मौरीपालन गर्ने कृषकमध्ये छनोटमा परेका कृषकलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र वडा नं १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले ५६ वटा मौरीसहितको घार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरका कृषकलाई आत्मनिर्भर बनाउने अभियानअन्तर्गत मौरीको घार वितरण गरिएको बताए । आगामी वर्ष पनि सो कार्यलाई निरन्तरता दिने उनले बताए । उनले यसै वर्षदेखि अनुदानमा भैँसी तथा बाख्रा वितरण अभियानको शुरुआत गरिसकेको र त्यसको प्रभावकारिता हेरेर आगामी वर्ष थप बजेटको व्यवस्थासहित कार्यक्रम अघि बढाउने बताए ।

कार्यक्रममा वडा नं १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले नगरका ९० प्रतिशत जनता कृषिमा निर्भर रहेकाले नमोबुद्ध नगरलाई अग्र्यानिक कृषिको केन्द्र बनाउने उद्देश्य रहेको उल्लेख गर्नुहुँदै त्यसमा कृषकको साथ र सहयोग आवश्यक रहेको बताए । कृषिमा नै आत्मनिर्भर बनाउने अभियानअन्तर्गत मौरीको घार वितरण थालिएको उनको भनाइ छ ।

कृषक रामप्रसाद घिमरेले नगरपालिकाले मौरीको घारसहित तालिमसमेत दिएर व्यवस्थित एवं व्यावसायिकरूपमा मौरीपालन अघि बढाउन हौसला मिलेको बताए । नगरपालिकाले मौरीपालनका लागि पकेट क्षेत्र नै बनाएर अन्य पालिका र जिल्लामा मौरी र मौरीघार निर्यात गर्ने योजना बनाएको छ । त्यसरी वितरण गरेको कृषकले पालन गरेको मौरीबाट उत्पादन भएको महको बजारीकरणको व्यवस्था नगरपालिकाले नै गर्ने योजना तय भएको जनाएको छ ।

नमोबुद्ध नगरपालिकाले यसअघि विभिन्न वडाका कृषकका लागि ८० प्रतिशत अनुदानमा १५५ वडा भैँसीको पाडी वितरण गरिसकेको । चालु आवमा नै बाख्रा वितरण गर्ने तयारीमा नगरपालिका रहेको छ । त्यससँगै किसानलाई कृषि शाखामार्फत ७५ प्रतिशत अनुदानमा भुसा काट्ने मेसिन (च्यापकटर), ५० प्रतिशत अनुदानमा मिनीटिलर, इलेक्ट्रिक पम्प र फलफूलको बिरुवा वितरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । file photo

वि.सं.२०७८ असार १० बिहीवार ०८:४० मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...