
१० असार, काठमाडौं । विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले आज दिउँसो ३ बजे काठमाडौंको प्रदर्शनी मार्गमा सरकारविरुद्ध संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् ।
कोरोनाको महामारीका बेला जनतालाई राहत र सहुलियत दिनुपर्ने बेलामा सरकारले एकपछि अर्को राष्ट्रघात गर्दै आएको भन्दै त्यसविरुद्ध पाँच विद्याथी संगठनले सरकारविरुद्द प्रदर्शन गर्न लागेका हुन् ।
‘प्रधानमन्त्री ओलीका हरेक असंबैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्यबाट च्युत भएर संबैधानिक राष्ट्रपति समेतले निरन्तर साथ दिनु झनै बिडम्वनापूर्ण बनेको छ,’ पाँच विद्यार्थी संगठनका नेताहरुद्धारा संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘ संविधानको चिरहरण गरेर दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दै असंबैधानिक जगमा उभिएको प्रतिगामी सरकारले कोरोना कहरले आक्रान्त भएका जनतालाई राहत र सहुलियत दिनुको साटो एकपछि अर्को राष्ट्रघात, कुशासन, महँगी, र भ्रष्टाचार थोपरिरहेको छ । ’
वि.सं.२०७८ असार १० बिहीवार ०९:३२ मा प्रकाशित