
१० असार, काठमाडौँ । एनएमबि बैंकले बुधबार विज्ञापनमार्फत् विभिन्न पदमा ३ सय १० जनाको लागि जागिर खुलाएको छ । बैंकले विभिन्न ८ वटा पदका लागि आवेदन माग गरेको छ ।
कले ब्रान्च म्यानेजर (अफिसर र सिनियर अफिसर) का लागि ५० जना, रिलेशनसिप म्यानेजर (जुनियर अफिस र अफिसर) का लागि ४० जना, असिस्टेन्ट रिलेशनसिप म्यानेजर (सिनियर असिस्टेन्ट र सुपरभाइजर) का लागि २० जना, अपरेशन इन्चार्च (सिनियर असिस्टेन्ट र सुपरभाइजर) का लागि २० जना, जुनियर असिस्टेन्टका लागि १५० जना र म्यानेजमेन्ट ट्रेनीका लागि ३० जना गरी ३१० जना कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले असार २३ गतेसम्म आवेदन दिनसक्ने बैंकले जनाएको छ ।
वि.सं.२०७८ असार १० बिहीवार १२:०७ मा प्रकाशित