back

बाग्लुङका प्रेस सङ्गठनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

वि.सं.२०७८ असार १० बिहीवार

294 

shares
GLOBAL IME AD
NTC AD

१० असार, बाग्लुङ । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले जिल्लामा क्रियाशील पत्रकार/सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरोना महामारीका बेला अग्रपङ्क्तिमा खटिएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क, सेनिटाइजर र सिटामोल वितरण गरिएको हो ।

शाखा संयोजक थम्मन थापा, सदस्य विमल खड्का र नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका उपाध्यक्ष एवं सङ्गठनका सदस्य सरीता खत्रीले गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाबाट सञ्चालित सञ्चार संस्थामै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

पाँच रेडियो, एक साप्ताहिक पत्रिका र तीन वटा अनलाइन माध्यममा कार्यरत पत्रकार/सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको संयोजक थापाले जानकारी दिए । उनका अनुसार स्वतन्त्र ढङ्गले कलम चलाइरहेका पत्रकारलाई समेत स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

रेडियोलाई पाँच÷पाँच प्याकेट मास्क, पाँच वटाका दरले सेनिटाइजर र सिटामोल, अनलाइनलाई दुई प्याकेटका दरले मास्क, सेनिटाइजरलगायत प्रदान गरिएको हो । “सङ्कटका बेला पत्रकारप्रति सङ्गठनले दर्शाएको सानो सद्भाव हो यो, चरणबद्ध रूपमा जिल्लाका सबै पत्रकारलाई स्वास्थ्य सामग्री बाँड्छौँ”, संयाजक थापाले भने ।

सदरमुकामसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा क्रियाशील पत्रकारलाई एक÷दुई दिन भित्रैमा स्वास्थ्य सामग्री वितरण गरिने सङ्गठनले जनाएको छ । जिल्लाभरमा गरी रु ५० हजार बराबरको स्वास्थ्य सामग्री प्रदान गर्न लागिएको सङ्गठनका सचिव अनिष खातीले बताए। सङ्गठनमा आबद्ध पदाधिकारी÷सदस्य तथा शुभेच्छुकहरुबाट सङ्कलित सहयोग रकमबाट स्वास्थ्य सामग्रीको जोहो गरिएको उनका भनाइ छ ।

यसअघि सङ्गठनले पत्रकारको सुरक्षा र कोरोना सङ्क्रमित पत्रकारलाई सहयोग गर्ने उद्देश्यसहित ‘सहायता कक्ष’ पनि निर्माण गरेको थियो । उक्त कक्षमार्फत् सङ्क्रमित पत्रकारको उपचार र अन्य सहायताका लागि आवश्यक समन्वय गर्ने काम भइरहेको जनाइएको छ ।

सङ्गठनले संस्थागत विकास कोष, पुरस्कार कोष स्थापनासहित पत्रकारका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि कार्ययोजना बनाएर काम थालिएको जनाएको छ ।
रासस

वि.सं.२०७८ असार १० बिहीवार १२:२३ मा प्रकाशित

मुस्ताङमा लेक लागेर ११ पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर ११ पर्यटकको मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा...

लामो समयपछि भएको हिमपात र वर्षाले किसानलाई राहत

लामो समयपछि भएको हिमपात र वर्षाले किसानलाई राहत

बेनी (म्याग्दी) । जिल्लाका हिमपात र हिउँदे वर्षा भएको छ...

मनाङ र चीनको सिमानामा सशस्त्रको ’बिओपी’ राखिने

मनाङ र चीनको सिमानामा सशस्त्रको ’बिओपी’ राखिने

मनाङ । हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट...

लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे

लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेयले लुम्बिनी...

शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका

शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका

नवलपरासी (ब सु प) । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सरीमा...

मङ्गला गाउँपालिमा छ गौरवका योजना

मङ्गला गाउँपालिमा छ गौरवका योजना

बेनी (म्याग्दी) । मङ्गला गाउँपालिकाले पूर्वाधार निर्माणमा छवटा गौरवका योजना...