
१० असार, काठमाडौँ । वेष्ट फाइनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ ।
असार १ गते मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतीका कारण त्यस क्षेत्रमा विजुली बन्द भएको थियो । उज्यालोबाट वञ्चित विपदमा परेका हेलम्वु क्षेत्रका जनतालाई तत्काल राहत दिने उद्देश्यले फाईनान्सको टोली हेलम्वु नै पुगेर ४८ थान सोलार प्यानल हेलम्वु गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत हेलम्बुबासीलाई उक्त सहयोग गरेको हो ।
वि.सं.२०७८ असार १० बिहीवार १२:३० मा प्रकाशित