
११ असार, काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले एसबी सोलुसन्स् प्रा.लिसँगको सहकार्यमा क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सुरु गरेको छ ।
यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्यांकन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्नेछ । एनएमबी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र एसबी सोलुसन्स्का अध्यक्ष विपुल ढकालले सम्झौतामा हस्ताक्षर गरे ।
यसबाट प्रणालीभित्र जोखिम प्यारामिटरको अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखि न्यूनिकरण गर्नलाई पनि सहयोग पुय्याउनेछ । यो नयाँ तरिकाले लघुवित्त संस्थालाई द्रुत गतिमा ऋण प्रक्रिया पुरा गर्न मद्दत गर्नेछ । यस प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्ने छ ।
वि.सं.२०७८ असार ११ शुक्रवार १२:०२ मा प्रकाशित