
असार ११, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आज पनि छलफलमा जुटेका छन् । महामन्त्री शशांक निवास महाराजगञ्जमा उनीहरुबीच छलफल जारी छ ।
शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार आसन्न महाधिवेशन केन्द्रित रहेर छलफल चलिरहेको छ ।
यसअघि पनि सोमबार पनि नेताहरुबीच उपसभापति निधि निवास मध्यबानेश्वरमा छलफल भएको थियो । निधि निवासमा भएको लञ्च मिटिङ्ग महाधिवेशनमा दोस्रो तहका नेतालाई अगाडि सार्ने विषयमा केन्द्रीत थियो ।
कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा पार्टी सभापति शेरबहादुर देउवा पुनः सभापतिका लागि कस्सिएपछि नेताहरु विकल्पको खोजी गर्न छलफलमा जुटेका हुन् । देउवाको विकल्प दिनुपर्ने विषयमा एकमत भएपनि विकल्प को भन्ने विषयमा स्पष्ट भईसकेका भने छैनन् ।
तीन नेताहरु पुनः सोहि विषयमा बैठक हुनुलाई अर्थपूर्णं रुपमा हेरिएको छ ।
सम्बन्धित समाचार
वि.सं.२०७८ असार ११ शुक्रवार १३:१५ मा प्रकाशित