back

खोपको व्यवस्था गर्न व्यवसायीको माग

वि.सं.२०७८ असार ११ शुक्रवार

342 

shares
GLOBAL IME AD
NTC AD

११ असार, दाङ । यहाँका कानुन व्यवसायीले कोरोना विरुद्ध खोपको व्यवस्था गर्न माग गरेका छन् ।

न्याय सम्पादनमा खटिने कानुन व्यवसायीप्रति राज्य उदासिन बनेको भन्दै उनीहरुले खोपको अनिवार्य व्यवस्था गर्न माग गरेका हुन् ।

उच्च अदालत तुलसीपुरले गत जेठ १० मा जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) दाङ लाई खोपको व्यवस्था गर्न परामादेश भएपनि अहिलेसम्म त्यसप्रति कुनै सुनुवाई नभएको उनीहरुको गुनासो रहेको छ ।

उच्च अदालत बार एकाइ तुलसीपुरका अध्यक्ष रविन्द्रकुमार धिताल र जिल्ला बार एकाइ दाङका अध्यक्ष शिवप्रसाद घिमिरेले आज संयुक्तरुपमा विज्ञप्ति जारी गरी कोरोनाको जोखिम कायमै रहेको अवस्थामा निषेधाज्ञाको बीचमा उच्च अदालत तुलसीपुर र जिल्ला अदालत घोराहीमा बन्दीप्रत्यक्षीकरण, थुनछेक र कोराना सम्बन्धी मुद्धाबाहेक अन्यमा न्याय सम्पादन गर्न नसकिने स्पष्ट पारिएको छ ।
रासस

वि.सं.२०७८ असार ११ शुक्रवार १३:०९ मा प्रकाशित

विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश

विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश

मर्चवार (लुम्बिनी) । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास...

प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

दाङ । गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल

काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ...

साङ्ग्रिला प्लाई उद्योगमा आगलागी

साङ्ग्रिला प्लाई उद्योगमा आगलागी

दाङ । घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

काठमाडौं ।  ग्लोबल आइएमई बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा...

प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा गण्डकी पराजित

प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा गण्डकी पराजित

घोराही (दाङ) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको...