
अविरल वर्षाको छेक् पारेर
गाऊँतिर पस्यो
एउटा भोको अजिङ्गर नदीको
ठूला–ठूला भवनहरू नाँघ्दै
खेतबारीहरू कुल्चिँदै
कुखुरा–बाख्रा, जीव–जन्तुहरू चबायो
र उडाई पठायो गाऊँ–घरको सातो
धमिलो दिन
सिमसिम परिरहेको पानी
तछाड् – मछाड् खोल्चा–खोल्ची
हरेक आँखामा डर
विचलित मनहरू
निथ्रुक्क भिजेको शरीर
गहमा बगिरहेको सपनाका थोपा
ओंठमा रोइरहेका रहरहरू
गन्तब्यहीन् आत्मा
लाशको थुप्रो ओसारिरहेका अनुहार
फूलको थुङ्गा जस्तै
तैरिरहेको विशाल पत्थरहरू
जरासंगै उखलिएका ठूला–ठूला रूख
खोलाले कोरेको बगरका सिमा रेखा
खाई–नखाई,
खेतालापात, मेहनत मजदुरी गरी
जोगाड गरेका सम्पतिहरू
अन्न बालीहरू खेतका,
बारीका फलफूलहरू….
औ
मान्छेले पाली राखेका केही कल्पना
सबै,
बाढिका छालहरूसंगै बग्दै–बग्दै
नदिहरूसंगै उतै गए
कान्छा माने चिच्याईरह्यो
धनमाया दिदी रोईरहिन्
हर्के र उसकी स्वास्नी एक्होरीरहे
मानिसहरू वरम लागेर हेरिरह्यो
हृदय विदारक दृश्यहरू
हेर्न नसकेरै होला
जुनले,
आँखा छोप्यो बादलको रूमालले
ताराहरू टोल्याइरह्यो
हुरी जस्तै आयो,
र आँधीले झैं सोहोरेर गयो !
जर्जरता पछिको सन्नाटाहरू
सन्नाटा पछिको दृश्यात्मक
आघातपूर्ण थियो
एकलासमा लडिरहेको
ढकनी विनाको चियाको कित्ली
लथालिङ्गै परेको डोको
र केही फरक–फरक पल्टिरहेको
गाई, गोरू र बाछा
अनि बाख्राका माऊहरू
तल बगरमा अल्मलिरहेको घरको छाप्रो
पर ढुङ्गामा तेर्सिरहेको काठको खुट्टी
तारमा अल्झिएको
नानीको आधा जामाको टुक्रा
सिन्कोमा उनिएर
हावामा फ्याल–फ्याल हल्लिरहेको
बडीआमाको मजेत्रो
घोप्टो परिरहेको डेक्ची
छरपस्टिएका थाल, बटुको, गिलासहरू
धमिलो पानीमा बग्दै गरेको
विध्यार्थीहरूका खाता–किताब
अनि,
उत्तानो परेका उदाङ्गो जिन्दगीलाशको छेऊमा रोइरहेकी एउटी चेली
टाउकोमा हात राखेर नियास्रो
टुक्रुक्क बसेकी बुढि बजै
बेसहारा मसिना केटा–केटीहरू
शिरबाट ओत हराएका थुप्रै बासिन्दाहरूबस् !
समयले मर्माहत कथाहरू कोर्यो
गाऊँको छातीमा,
विश्वले पढ्यो ब्यथाहरू
प्रकृतिले आँसुका धारा थाम्न सकेन
आकास रोयो,
धरती रोयो,
दिन – रात दुवै रोयो !
पानीमा बग्दै गरेको पलास्टिकको बाल्टी
खै के मा अडेस लागेर बसेको हो
एउटा भत्केको पलङ्ग
बिचल्नी परेको दुधको ठेकी
ठिक विपरीतमा किनारा लागेको
घरको दैलो
काकीले संधै चामल केलाउने नाङ्लो
तिर्खा लाग्दा काकाले
कोदोको जाँड पिउने शेरे मग
हिलोमा लतपत
माथिल्लो घरे बडाको नयाँ कोट्
बालुवामा भासिएको ग्यास सिलिन्डर
दलदलमा आधा डुबेको पूरानो जुत्ता
डुबिरहेको एउटा रङ्गीन् टि भी
उजाडिएको पक्का घरको लश्कर
घरको भूँईभरी छरिएको
चामल, कोदो, मकै र गँहूका दानाहरू
सिरक, तोसक, कम्बल औ कपडा लत्ताहरू
अनि तर लागिरहेका कुखुराका चिङ्ना
घोप्टो परिरहेको डेक्ची
छरपस्टिएका थाल, बटुको, गिलासहरू
धमिलो पानीमा बग्दै गरेको
विध्यार्थीहरूका खाता–किताब
अनि,
उत्तानो परेका उदाङ्गो जिन्दगी
लाशको छेऊमा रोइरहेकी एउटी चेली
टाउकोमा हात राखेर नियास्रो
टुक्रुक्क बसेकी बुढि बजै
बेसहारा मसिना केटा–केटीहरू
शिरबाट ओत हराएका थुप्रै बासिन्दाहरू
बस् !
समयले मर्माहत कथाहरू कोर्यो
गाऊँको छातीमा,
विश्वले पढ्यो ब्यथाहरू
प्रकृतिले आँसुका धारा थाम्न सकेन
आकास रोयो,
धरती रोयो,
दिन – रात दुवै रोयो !
विधुर – विधुवा भए कति
टुहुरा – टुहुरो भए कति
कति निःसन्तान भए
प्रकृतिकोपले,
न त गरीब\धनी चिन्यो
न त जात\धर्म छुट्टायो
न त सानो/ठूलो बुझ्यो
न त नर\नारीमा पक्षपात नै गर्यो
सुत्ने ओछ्यान एउटै थियो
सिरानी एकै थियो
खनिएको चिहान एउटै थियो
मूलतः
जाति पनि एकै थियो
लाश !
गाँस, बास र कपास खोसियो
जीउने आश लुटियो
गाऊँ !
चाकमा नील डाम बोकेर
सेवाका हातहरू खोजीरह्यो
मान्छे,
बिछोड्को घाऊ बोकेर
धस्किएको सपानाहरू समेटेर
पुनः
खडा गर्यो तिर्पालका झोपडीहरू
गाऊँको खुट्टामा काम्रो बाँध्यो
मलम पट्टी गर्यो
देशले,
खोप लगायो,
पखेटाहरू लगाईदियो
र उभिन सिकायो, उड्न सिकायो
ओंठबाट फुत्किएको मुस्कान
चाट्टचुट्ट चुँडिएका एक त्यान्द्रो रहर
‘जीउनु पर्छ’ का झिनो आशा
एक मुष्ठ भेला पारेर
जीवन चक्रको हवाई जहाजमा चढ्यो
हवाई जहाज उड्ने आकाश छैन
बिसाउने हवाई अड्डा पनि छैन
साहसको मन्त्र उच्चारण गर्यो
पखेटा फैलायो लक्ष्यको
र भर्यो एउटा अग्लो उडानहरू……
गाऊँले !!
सिन्धु पालचोक मेलम्ची बजार (नेपाल ) मा बाढि पस्दा गाऊँलेले भोग्नु परेको क्षतिलाई लिएर कविता कोर्ने एउटा सानो प्रयास !!
वि.सं.२०७८ असार १२ शनिवार ०७:२८ मा प्रकाशित