
मै नित्यामृत हुँ सदा अचमका कल्लोल भर्ने रिता
मन्ले भन्छ सधै बसौ बगलमा चल्दै रमाइ निता
गिता ज्ञान समान दिब्य रसमा आमोल वाला फिका
यो प्रेमार्पणमा खुलाछु बसुधा आतृप्त बन्नै निका
।।१ ।।
चड्छौ यौवनमा भने खुट्किला सोपान अग्लि म छु
कायाकल्प गराउने किसिमका सौजन्य मै भर्दछु
खेल्छौ खेल मिठा खुला मिठा प्रणयमा नित्यै बने हाजिर
हो काब्यत्मकता मिठास गमिलो मान्दैन मन्ले पिर
।।२ ।।
के बुझ्छौ कविता समानछ रिता चल्ने कुनै ढङ्गछ
आत्माका गहना महान रचना पूर्णै सबै अङ्ग छ
आउ चाल चलौ सबै अवयवै हुन काब्यका झङ्कृत
गर्छौ जोर जुलुम बडो अचमले छन नेत्रमा अङ्कित
।।३ ।।
झर्ना झर्झर झर्दछे विपिनमा पग्ले मजाले पिर
मन्मा मौन मैन चल्यो कथा पवनको मै यौनमा सुस्थिर
बाजा बज्न गये समान नभमा चट्याङ आयो ढल्यो
चोखो देह सिताष्म भे र बहुतै आगो बल्यो सल्कियो ।
।।४।।
आस्था आस्तिक बन्दना चरणको गर्दैछु खुल्दै नयाँ
पाल्छ्यौ आदिम कान्ति शान्ती रसिली, भन्द्यौ म कस्तो भया ?
खोल्छ्यौ द्वार सवै चिटिक्क सुकिला मन्का सबै के अब
मिल्दै राज गरौ समस्त सुषमा के विश्वका वैभव
।। ५।।
आउ लौन सीता रमाइ खुशिमा सौजन्य गास्नै पर्यो ।
आत्मा एक बनाउने मिसनमा लौ देह टास्नै पर्यो
गार्हो भो अबगालको समयमा एकत्व पाल्नै पर्यो
बग्छन छल्छल भै रसाग्र कविता लौ आग बाल्नै पर्यो ।
।।६।।
वि.सं.२०७८ असार १२ शनिवार ०७:३१ मा प्रकाशित