
१
फकाई,फुलाई वाचा कबोलमा छिराउछन्
चरम चुलिमा पु¥याएर भुइँमा गिराउँछन्
भनिन्छ राजनीति एउटा फोहोरी खेल हो !
निर्वाङ्ग बनाइकन झोली,तुम्बा भिराउछन्
२
गोत्रै फेरेर हजुरको हुन आएकी छु
यहीँ काखमा बसि रून पाएकी छु
संझनु होस् वा बिर्सनु होस् आफैले !
जीवनका लागि ठुलो गुन लाएकी छु ।
३
सुकुम्बासी हुँ कुनै मालपोत चाहिँदैन
भुमिविहिन हुँ कुनै खनजोत चाहिँदैन
खुला आकाश पुरै मेरो स्थाई घर हो ।
कुनै स्याउला र खरको ओत चाहिँदैन ।
४
सबै शङ्कालु छन् को माथि कस्को भर हुन्छ
फुटेको शिसा जोडिए पनि नजाँनिदो चर हुन्छ
शत्रु,वैरीहरू सबै आफ्नै बर्ग भित्र हुन्छन् क्या रे !
बिँड हालेको वन्चरोबाट नै रूखलाई डर हुन्छ ।
५
यी मेरा छोराछोरी हुन् भन्दा गर्वले छाती छुन्छ
यिनले दुःख पाएको देख्दा यो मन धर्धरि रून्छ
जति गफ लागाउने हो लगाउनुस् कर्म नचलुन्जेल !
विवाहपछी छोरी ज्वाइँको र छोरा बुहारीको हुन्छ ।
वि.सं.२०७८ असार १२ शनिवार ०७:३५ मा प्रकाशित