back

प्रतिनिधि सभा विघटन : आजदेखि विपक्षीको बहस

वि.सं.२०७८ असार १४ सोमवार

387 

shares
GLOBAL IME AD
NTC AD

असार १४, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्व परेका रिटहरुमाथि आजदेखि विपक्षीको तर्फबाट बहस सुरु भएको छ । रिट निवेदक पक्षका कानून व्यवसायीहरुको बहस सकिएसँगै विपक्षी तथा सरकारी कानून व्यवसायीहरुले बहस सुरु गरेका हुन् ।

बहसको सुरुवात महान्यायाधिवक्ता रमेश बडालले गरेका छन् । इजलासमा महान्याधिवक्ता बडालसँगै पूर्वमहान्यायाधिवक्ताद्धय सुशील पन्त र अग्नि खरेलले पनि बहस गर्नेछन् ।

संवैधानिक इजलासले सरकार पक्षलाई बहसको लागि १५ घण्टाको समय सीमा छुट्याएको छ । यो अवधी सरकार वकिलसँगै प्रत्यार्थीतर्फबाट निजी कानुन व्यवसायीका लागि पनि हो ।

यसअघि आइतबार संसद विघटनविरुद्व दायर मुद्दामा रिट निवेदकका तर्फबाट प्रारम्भिक बहस सकिएको थियो । प्रारम्भिक बहसमा निवेदकका तर्फबाट ३६ कानुन व्यवसायीले बहस गरेका थिए । उनीहरुले तोकिएको अवधिअनुसार १२ घण्टाको समय लिएका थिए ।

वि.सं.२०७८ असार १४ सोमवार १२:१० मा प्रकाशित

गण्डकीसहित केही प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना !

गण्डकीसहित केही प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव...

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

लुम्बिनी (मर्चवार) । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार...

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...