
१४ असार, काठमाडौँ । तेह्रथुम पावर कम्पनीले सर्वसाधरणलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणलाई निष्काशन गर्नेछ ।
कुल १२ लाख कित्तामध्ये ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आयोजना प्रभावित स्थानीय र बाँकी ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा निष्काशन हुनेछ ।
कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७८ असार १४ सोमवार ११:५९ मा प्रकाशित