
असार १४, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालप्रति निकै अशोभनीय टिप्पणी गरेका छन् ।
सोमबार मदन भण्डारीको ७० औं जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेता नेपालको हैसियत अति सामान्य भएको टिप्पणी गरे ।
उनले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने कुरा लाजको कुरा भएको भन्दै भने, ‘माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन्, अहिले धाक् के लगाएर हिँडेका छन्– केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर’, ओलीले भने ‘मलाई बहुला कुकुरले टोकेको छ र ? नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला।’
उनले माधव नेपाललाई प्रचण्डको पुच्छर भएको पनि बताए । ‘कहिले अध्यक्षको प्रस्ताव राखेको छ भन्छन्। एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन्। पुच्छर भएपछि जन्तु पूर्व फर्किए त्यो पश्चिमतिर हुन्छ। पछाडि पछाडिसँगै हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।
वि.सं.२०७८ असार १४ सोमवार १४:२७ मा प्रकाशित