back

टोलसुधार समितिद्वारा सडक मर्मत गर्न आग्रह

वि.सं.२०७८ असार १४ सोमवार

348 

shares
GLOBAL IME AD
NTC AD

१४ असार, काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका—१२ स्थित रहेको तेन्जिङ चोक–खरिबोट सडक यथाशीघ्र मर्मत गर्न आठ वटा टोल विकास संस्थाले आग्रह गरेका छन् ।

आइतबार सडक मर्मतको माग गर्दै सडक विभाग पुगेका वडाअध्यक्षसहित स्थानीयवासीलाई पक्राउ गरेपछि टोल विकास संस्थाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै पटकपटक सडक मर्मतको माग गर्दै सडक विभागलाई जानकारी गर्दा समेत वेवास्ता भएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको जनाएका छन् ।

आइतबार वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराईको नेतृत्वमा सडक विभागको कार्यालयमा तालाबन्दी गरिएको थियो । स्थानीयवासीले लगाएको ताला प्रहरीले केही समयपछि फुटाएको थियो । ताला फुटाएको विषयमा स्थानीयवासीले विरोध जनाएसँगै वडाध्यक्ष भट्टराईसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले वडाध्यक्षसहितलाई केही समय नियन्त्रणमा लिएर छाडिएको जानकारी दिए। विसं २०७२ मा बोलपत्र भएको सो सडक हालसम्म मर्मत नभएपछि आन्दोलन गर्न बाध्य भएको वडाध्यक्ष भटराईले बताए।

‘‘हामी वडाबासीको मुख्य माग भत्काएको बाटो मर्मत हुनुपर्छ भन्ने हो । आठ वर्ष हुँदासम्म पनि सडक मर्मत नभएपछि बाध्य भएर विभागमा तालाबन्दी गरेका हौँ’’, उनले भने। विसं २०६१ मा स्थानीयवासीले रकम सङ्कलन गरेर कालोपत्रे गरेको उक्त सडक फराकिलो बनाइने, ढल राख्ने भन्दै भत्काइएको थियो ।
रासस

वि.सं.२०७८ असार १४ सोमवार १३:५५ मा प्रकाशित

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका...

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि २०८० फागुन...

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ...

एकीकृत समाजवादीद्वारा बैठक आह्वान

एकीकृत समाजवादीद्वारा बैठक आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवादी अभियानका नीति...

झन्डै १२ वर्षदेखि परीक्षण गरिएका मकैका पाँच जात सिफारिस गर्ने तयारी

झन्डै १२ वर्षदेखि परीक्षण गरिएका मकैका पाँच जात सिफारिस गर्ने तयारी

चितवन । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले यहाँ विकास...

कटहरका रुख सुक्न थालेपछि चिन्तामा किसान

कटहरका रुख सुक्न थालेपछि चिन्तामा किसान

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित...