back

आज देशैभरी २४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

वि.सं.२०७८ असार १४ सोमवार

432 

shares
GLOBAL IME AD
NTC AD

१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २४४४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६,६४८ हजार पिसीआर र ४९९२ ऐन्टिजेन गरी ११,६४० नमुना परीक्षणमा २४४४ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ४७, ललितपुरमा ११२ र काठमाडौंमा ३५५ गरी उपत्यकामा ५१४ जनामा संक्रमण पुष्टि भएको छ । आइतबारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या केही बढी हो ।

नेपालमा हालसम्म पिसीआर विधिबाट ६ लाख ३५ हजार १८८ जना र ऐन्टिजेन विधिबाट ३३ हजार ३३ गरी कूल ६ लाख ६८ हजार २२१ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ३८५३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३८५३ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९२.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका४२ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९०५१ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ३७ हजार ९५० जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ३५ हजार ७५ र संस्थागत आइसोलेशनमा २८७५ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ६५७ र भेन्टिलेटरमा १९३ जनाको उपचार भइरहेको छ । आइतबारको तुलनामा सोमवार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या घटेको छ ।

२४ घण्टामा थपिए १९२० कोरोना संक्रमित, ३४ जनाको मृत्यु

 

 

 

वि.सं.२०७८ असार १४ सोमवार १६:५९ मा प्रकाशित

नेप्से निरन्तर ओरालोतिर

नेप्से निरन्तर ओरालोतिर

काठमाडौँ । शेयर बजारमा निरन्तर गिरावट आएको छ । यो...

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका...

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि २०८० फागुन...

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ...

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले...

गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न सांसदहरूको माग

गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न सांसदहरूको माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र...