back

बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको शेयरमा आकर्षण

वि.सं.२०७८ असार १४ सोमवार

348 

shares
GLOBAL IME AD
NTC AD

१४ असार, काठमाडौं । बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

आयोजनाले यही असार मसान्तमा दुई वटा यूनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही कारण पनि लगानीकर्ताको चासोमा सो कम्पनीको शेयर परेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार मात्रै सो कम्पनीको कूल आठ लाख दुई हजार ४८७ कित्ता शेयर रु ६६ करोड ९४ लाख ४८ हजार ९८९ मा खरीद बिक्री भयो ।

अघिल्ला दुई कारोबार दिनमा सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । आज पनि सो कम्पनीको सुरुआती कारोवारमा सकारात्मक सर्किटको मूल्यसम्म नै वृद्धि भएको थियो । नेप्सेको विवरण अनुसार सो कम्पनीको शेयर बिक्रीमा अधिक चाप पर्यो ।

सोमबार बजार बन्द हुँदा सो कम्पनीको प्रतिकित्ता शेयर मूल्य ७९० रुपैंयाँमा रोकिएको छ । कारोवार समयसम्म माथिल्लो तामाकोशीको शेयरमा प्रतिकित्ता रु ११० को उतार चढाव देखिएको छ ।कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको दुई वटा यूनिटबाट बिजुली उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

सोमबार समग्रमा ५.११ अंकले बढेर नेप्से दुई हजार ८७५ दशमलव ४९ मा बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ४.१७ बिन्दुले बढेर ५३३ दशमलव ५७ बिन्दुमा पुगेको छ । कूल २१९ कम्पनीको एक करोढ ९२ लाख ८२ हजार ८१५ कित्ता शेयर रु सात अर्ब ७२ करोड ५६ लाख १२ हजार ७१६ मा खरिद बिक्री भए । सोमबारको कारोवार पछि बजार पूँजीकरण रु ३९ खर्ब ९४ अर्ब ७५ करोड ९५ लाख ८३ हजार ८७ बराबर पुगेको नेप्सेले जनाएको छ ।

नेप्सेमा सामान्य अकंको वृद्धि, लघुवित्त श्रेत्रका लगानीकर्ताले उच्च अकंले कमाए

वि.सं.२०७८ असार १४ सोमवार २१:३५ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापक नेप्सेमा...

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय, १८ लाखभन्दा बढीको हात खाली

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय, १८ लाखभन्दा बढीको हात खाली

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँडको मिति...

आजदेखि खुल्यो ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ

आजदेखि खुल्यो ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले दोस्रो चरणको आईपीओ आजदेखि...

लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट

लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले आज पनि...

क्रेष्ट माइक्रो आईपीओ खुल्यो

क्रेष्ट माइक्रो आईपीओ खुल्यो

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडेको आजदेखि सर्वसाधारणका लागि...

नेप्से परिसूचक घट्यो

नेप्से परिसूचक घट्यो

काठमाडौँ । साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल...