back

कृषिको व्यावसायिकता वृद्धिका लागि इजरायलसँग सहकार्य गर्न मुख्यमन्त्री तयार

वि.सं.२०७८ असार १६ बुधवार

303 

shares
GLOBAL IME AD
NTC AD

१६ असार, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग मङ्गलबार पोखरामा भएको भेटमा उनले गण्डकी प्रदेश सरकारले युवा किसानलाई तालिमका लागि इजरायलमा पठाउँदै आएको र आगामी वर्षमा समेत यो कार्यक्रमले निरन्तरता पाउने बताए ।

नेपाल र इजरायलबीच ६० वर्ष लामो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको पहलमा उक्त सम्बन्ध स्थापित भएको स्मरण गरे। इजरायलबाट दक्ष जनशक्ति नेपालमा ल्याएर सहकारी प्रवद्र्धनका लागि समेत बिपी कोइरालाले पहल गरेको बताउँदै उनले दुई देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेकामा जोड दिए ।

राजदूत गोडेरले नेपाल र इजरायलबीच अति प्रगाढ सम्बन्ध रहेको बताउँदै आगामी दिनमा अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गरे । दुवै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको उनले बताए।

अहिले सातै प्रदेशबाट ५०० को हाराहारीमा युवा किसान तालिमका लागि इजरायलमा छन् । सो अवसरमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले र प्रदेशका निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले नेपाल–इजरायलबीचको लामो समयदेखिको सम्बन्ध र सहकार्यका बारेमा धारणा राखेका थिए ।
रासस

वि.सं.२०७८ असार १६ बुधवार ०९:३५ मा प्रकाशित

समयमै काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण

समयमै काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण

मध्यविन्दु (नवलपरासी) । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट...

कार्यालयद्वारा आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

कार्यालयद्वारा आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

  डुम्रे (तनहुँ) । तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक...

पछिल्लो समय उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

पछिल्लो समय उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

मध्यविन्दु (नवलपरासी) । यहाँको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय...

‘क्यामेरा ट्यापिङ’का माध्यमबाट हिउँ चितुवाको अनुगमन गरिँदै

‘क्यामेरा ट्यापिङ’का माध्यमबाट हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट...

तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु

तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु

बन्दीपुर (तनहुँ) । सवारी दुर्घटनामा परी तनहुँमा नौ महिनामा ४८...

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा तटीय क्षेत्रमा बाढीको जोखिम

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा तटीय क्षेत्रमा बाढीको जोखिम

म्याग्दी । मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ-म्याग्दीखोला जलविद्युत्...