Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

म्याग्दीका हिमाली भेगबाट बसाइँ सरे कस्तुरी मृग



 ३ फागुन,बेनी (म्याग्दी) । बढ्दो तापक्रम वृद्धि र मानवीय गतिविधिका कारण यहाँको हिमाली भेगका कस्तुरी मृगले आफ्नो वासस्थान छोडेर अन्यत्र जान थालेका छन् ।

धौलागिरि हिमालको फेदीमा अवस्थित मुदी, लुलाङ, गुर्जा, कुइनेमङ्गले, दाना र मुना गाविसका जङ्गलमा प्रशस्तमात्रामा कस्तुरी मृगको वासस्थान रहदै आएको थियो ।

जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम बढ्दै जाँदा अनुकूल वातावरण र वासस्थान तथा आहराको अभाव हुन थालेपछि चिसो र एकान्त वातावरणमा मन पराउने मृगले वासस्थान छोडेर जान थालेको बाबियाचौरस्थित इलाका वन कार्यालयका प्रमुख एवम् वातावरणविद् चन्द्रमणि सापकोटाले बताउनुभयो ।

विश्वमै दुर्लभ मानिने ती मृग म्याग्दीबाट ढोरपाटन सिकार आरक्ष, डोल्पा, रुकुम र मुस्ताङका जङ्गलमा बसाइँ सर्न थालेको स्थानीयवासी बताउँछन् ।

मुदीको जङ्गलमा विगतमा देखिएका वन्यजन्तु अहिले आएर धवलागिरि आधार शिविर वरपर देखिन थालेका मुदीका इन्द्रबहादुर विकले बताउनुभयो ।

यसैगरी यहाँका जङ्गलमा केही वर्षअघिसम्म देखिने कस्तुरी मृगका अतिरिक्त झारल, मृग र घोरल पनि सो वन छोडेर अन्यत्र गएको स्थानीय बासिन्दाले बताएका छन् ।

अनुकूल वातावरण, उचित वासस्थान र आहाराको अभाव भएपछि वन्यजन्तुको प्रजनन प्रक्रियामा समेत समस्या देखिने भएकाले उच्च पहाडी क्षेत्रका वन्यजन्तुको अस्तित्व सङ्कटमा परेको वातावरणविद् सापकोटाले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम