Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

दाताको सहयोगमा गाउँमै बन्यो प्यारापिटसहितको खेलमैदान



३ फागुन,फलेवास (पर्वत)। जिल्लाका विकट गाउँमा पनि सदरमुकाम कुस्मामा भन्दा राम्रा र व्यवस्थित खेलमैदान भेटिन्छन् । अझै भलिबल र बास्केटबलको कोर्ट त झनै व्यवस्थित भेटिन्छन् जनजाति बाहुल्य गाउँहरुमा ।

पर्वतको उत्तरी क्याङ गाविसमा स्वदेश र विदेशमा रहेका शुभचिन्तकको सहयोगमा प्यारापिटसहितको बास्केटबल र भलिबल कोर्ट निर्माण भएको छ । स्थानीय शिखर युथ क्लबले कोरिया, बेल्जियम र हङ्कङमा रहेका मनकारीहरुको सहयोगमा खेल मैदान निर्माण गरेको क्लबले जनाएको छ ।

क्लबले रु छ लाख ५० हजारको लागतमा ढुङ्गा बिच्छ्याएर प्यारापिट निर्माण गरेको हो । निर्माण गरेको प्यारापिटमा झन्डै ५०० अटाउन सक्ने क्षमता छ । उक्त कोर्ट र प्यारापिट निर्माणका लागि बेल्जियम बस्ने किरण पुन, गुमबहादुर पुन (सुबेदार), हङ्कङ बस्ने हेमबहादुर पुनलगायतले आर्थिक सहयोग गरेका छन् । जानकारी दिनुभयो ।

निर्माण भएको खेलमैदान र प्यारापिट जिल्ला खेलकुद विकास समितिका जिल्ला अध्यक्ष प्रेम गुरुङले हिजो यहाँ आयोजित कार्यक्रममा उद्घाटन गर्दै गाउँगाउँमा खेलकुँदको विकासका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

यसैगरी सोही कार्यक्रममा स्थानीय किरण पुनका परिवारले बाजुङ आधारभूत प्राथमिक विद्यालयलाई चार रोपनी जग्गा दान गरेका छन् ।

पुनले जिल्ला खेलकुद विकास समितिलाई रु ५० हजार बराबरको खेलकुद सामग्रीसमेत प्रदान गर्नुभएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम