Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

काभ्रेमा महिला पत्रकारका लागि तालिम



२ फागुन,धुलिखेल । नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाले जिल्लामा रहेका महिला पत्रकारका लागि दुईदिने आधारभूत पत्रकारिता तालिमको आयोजना गरेको छ ।

जिल्ला विकास समितिको आर्थिक सहयोगमा सञ्चालित सो तालिम राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले आज यहाँ शुभारम्भ गर्दै पुरुषलाई भन्दा महिलालाई बढी प्राप्त भए त्यत्तिकै त्यसको प्रवह बढने बताउनुभयो ।

उहाँले उपेक्षित र पिछडिएकाहरुलाई बढी सूचना उपलब्ध गराउनुपर्ने र त्यसका लागि लक्षित समुदाय पनि अग्रसर हुनुपर्ने पनि जोड दिनुभयो ।

स्थानीय विकास अधिकारी टेकराज निरौलाले भन्नुभयो, “हाम्रो यो सहयोग पर्याप्त होइन तर पनि यसले धेरै महत्व राख्नेछ भन्नेमा आशावादी छु ।”
प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझा र शुभेच्छा विन्दुले पत्रकारिता क्षेत्रमा महिला पत्रकारले निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

तालिममा जिल्लाका २३ जनाको सहभागिता रहेको महासङ्घका जिल्ला उपाध्यक्ष तथा तालिम संयोजक रमा दाहालले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।