Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

बाली सम्मेलन र बिर्सन नसकिएका साथीहरु



photo5

चीनमा एउटा भनाई छ, ‘घरमा बाबुआमा हुन्छन् भने बाहिर साथीहरु ।’ उक्त सम्मेलनमा अविस्मरणीय छन् साथीहरु । इन्डोनेसियाका तामारा, इन्डोनेसियाकै जफान्या र जेफ्री, तान्जानियाको एडवार्ड, अमेरिकाका काइल र एन्ड्रिया, स्विडेनकी निकेल, स्पेनका पाब्लो, बंगलादेशका अलि, चीनका चाओ र भियतनामी ट्राङ् लगायतका साथीसँगको मित्रता नै मैले उक्त सम्मेलनको मुख्य उपलब्धिको रुपमा लिएको छु ।

प्रत्येक वर्ष फरक–फरक विषयमा सम्मेलनको आयोजना गर्ने पाराहान्गान क्याथोलिक विश्वविद्यालय इण्डोनेसियाको निमन्त्रणा पाएपछि अन्तर्राष्ट्रिय सेमिनारको पहिलो अनुभुति लिन म निकै आतुर थिएँ । बैनी, बुबा र ममीलाई सुनाएपछि पनि जाने हो कि नजाने भन्ने विषय निक्र्यौल भएको थिएन । एकातिर खर्च र अर्काेतिर समय बर्बादी हुन्छ कि भन्ने म मनभित्रकै द्धन्द्धलाई हल गर्दै जाने निष्कर्षमा पुगें । यो निष्कर्ष हुनुका पछाडी मुख्यत : दुईटा कारण थिए एउटा अघिल्लो वर्ष पनि भाग लिएको बंगलादेशी साथीले भने अनुसार उत्साहप्रद हुन्छ भन्ने कुरो र अर्काे चाहि सम्मेलनको विषय पनि मेरो मास्टर पढाइसँग अलिकति जोडिएकै थियो । ‘जेट इन्जिनबाट निस्कने धुवाँको प्रदुषणबाट कम गर्ने’ मेरो विषय र water food and Energy Nexus, striving for a better future विषयले मलाई तान्यो नै । अन्ततः १७ जनवरी २०१७ को विहान ११ बजे म आफू बस्ने नान्जीङ शहरबाट चीनको सन्चन शहरतर्फ लागें ।

photo1

सन्चन चीनको भूभाग भएता पनि त्यहाँ स्थानीय बासिन्दाले बोल्ने भाषा क्यान्टोन्जि (हङकङमा बोलिने भाषा) भएकाले मलाई कुनै अर्कै देश पुगेझैँ भान भयो । त्यहाँबाट मलेसिया हुँदै डेनपासार बालीको फ्लाइटमा निकै रमाइलो कथाहरु सुन्न पाइयो । एक चिनिया नागरिकलाई मलेसिया औधि मनपर्दो रहेछ । मलेसियन भन्सारले धेरै मलेसिया गइरहने व्यक्तिलाई सहज आगमन सुविधा दिँदो रहेनछ । त्यसैले त्यसरी आउने चिनीया नागरिकलाई मलेसियन भन्सारका कर्मचारी नै लिन आउँदा रहेछन् । एकजना दिदी ७/८ सय चिनीया युआन दिएर बल्ल मलेसिया जाँदी रहेछिन् । प्लेनमा भेटिएकी ती दिदीलाई बाइबाई गर्दागर्दै मेरो भेट भयो अर्को चिनीया साथीसँग । जो तीन महिने स्वयंसेवा गर्दै भारतको आन्ध्रप्रदेशमा चिनीया भाषा पढाउन जाँदै रहेछिन् । १० घण्टा लामो उक्त ट्रान्जिटमा उनले हिन्दू धर्मको बारेमा मलाई थुप्रै प्रश्न गरिन् । निकै रमाइलो गफगाफ हुँदा ट्रान्जिटको समय पनि एकैछिनमा बितेको अनुभूति भयो । ती साथीसँग बिदाइ हुँदै म क्वालालम्पुरबाट बालि जाने प्लेन चढेँ । चीनको निकै चिसो शहरबाट एक्कासी इन्डोनेसिया जस्तो Tropical ठाउँमा जाँदा औधि गर्मी भएको थियो । एयरपोर्टमै नेपालको हरियो पासपोर्टका कारण अपहेलना सहनु परेको समाचार सुन्दै आएको थिएँ तर मलाई त्यो अनुभव भएन । बालिको एयरपोर्टबाट नयाँ अरु साथीहरुसँगै होटलसम्म पुग्यौँ ।

इण्डोनेसियाले आफ्नो पर्यटन उद्योगलाई विकास गर्न १६९ देशलाई एयरपोर्टमै ३० दिनको लागि फ्रि भिषा दिन थालेको रहेछ । हामी नेपालीलाई पनि केवल टिकट काटेर गए पुग्ने, भिषाको चिन्ता गर्नु नपर्ने । यो पनि पर्यटक तान्ने गतिलो उपाय भएको पाएँ ।

बाली त ठ्याक्कै हाम्रो देश नेपाल जस्तै रहेछ । स–साना बाटोहरु, थुप्रै मोटरसाइकल, उस्तै वनावटका घरहरु, हरियाली पनि उस्तै । फरक थियो त केवल बालि शहर व्यवस्थित र फोहर अनि धुवाँ धुलोरहित । रुखहरु व्यवस्थित रुपमा रोपिएका थिए । बाँकी त सबै नेपाल जस्तै लागिरहेको थियो । हाम्रो बस्ने होटल बालीको प्रख्यात समुद्रीतट Kuta Beach को नजिकै भएकाले त्यहाँ स्थानीय भन्दा विदेशीहरु बढी देखिन्थे । सोही साँझ सम्मेलनमा परिचय कार्यक्रम रहेकाले थकाई लागेता पनि सबैजना चिनापर्चीका लागी उत्सुक देखिन्थे ।

bali-photo1

सम्मेलनको पहिलो दिन जल, खाना र उर्जाको विषय रहेको थियो । सम्मेलनमा विश्वभरिबाट थुप्रै प्रोफेसरहरु आउनु भएको थियो । उहाँहरुले धेरै विषयमा जानकारी दिनुभयो । पहिलो दिनमै हामी लगभग ९० विद्यार्थीलाई ९ वटा समूहमा बाँडियो । म उर्जा समूहमा परे जसको नाम थियो “वायु” । इण्डोनेसियन भाषामा पनि संस्कृत शब्दहरु थुप्रै प्रयोग भएको पाइन्थ्यो । प्रत्येक समूहले एउटा सामाजिक अभियानको लागि भिडियो बनाउनु पर्ने थियो । हाम्रो समूहको विषय थियो Efficient Electricity Use त्यसपछिका ६–७ दिनमा प्रोफेसरहरुबाट राम्रा कुराहरु सिकियो । विभिन्न देशका नयाँ साथीहरु बनाइयो ।

सोहि अबसरमा बालीका सुन्दर ठाउँहरुको भ्रमण गर्ने अवसर पाइयो । हिन्दु धर्मको प्रभाव रहे पनि नेपाल र बालिको धार्मिक प्रयोग फरक थियो । उनीहरु सुँगुर बलि दिँदा रहेछन् । हरेक घर अगाडि समुद्री तटमा पाइने पातमा पूmलहरु सजाएर राख्दा रहेछन् । अरु थुप्रै कुराहरु विचार गर्दा बालीका बासिन्दाहरुको जीवनशैलीमा हिन्दु धर्मसहितको चिनीया प्रभाव पाइन्थ्यो ।

bali

उक्त ७ दिने सम्मेलनमा सबैभन्दा रमाइलो र ज्ञानबद्र्धक कुरा भने मलाई एक खेल लाग्यो । ISC Amazing Race नाम दिइएको उक्त खेलमा प्रत्येक समूहलाई कागजमा फरक–फरक सुरागहरु दिइएको थियो । उक्त सुराग अनुसार नै हामी ३० डिग्रीको घाम केही कामहरु गर्दै जानु पर्ने थियो । स्थानीय बासिन्दालाई फोहर व्यवस्थापनको बारेमा सोध्ने, स्थानीय ठाउँको बारेमा जानकारी लिने, हरेक कुरालाई भिडियामा उतार्ने गर्दै थुप्रै ज्ञानहरु लिइयो । ७ वटा सुरागहरु मध्ये दोस्रो सुरागको लागि हाम्रो समूह १ घण्टा भन्दा बढी भौतारिन्थ्यो । घाममा पसिनै पसिन हुँदा हुँदै पनि हामी हिम्मत नहारी उक्त सुरागलाई बचाएरै छाड्यौँ । सबै कामहरु पुरा गरेर फर्किँदा थाहा भयो हाम्रो समुह त चौथो पो भएछ । तैपनि हामी खुशी थियौँ । समूहमा काम गर्ने, नयाँ नयाँ विचारहरु संष्लेषण गर्ने र कार्य विभाजन गर्ने कुरा सिक्यौँ । हरेक दिन लेक्चर हुँदाहुँदै हाम्रो समूह आफ्नो सामाजिक अभियानको लागि भिडियो पनि बनाउँदै थियो ।

photo3

सम्मेलनको सातौँ दिनमा सबै समूहले आफ्नो भिडियो प्रस्तुत गर्नु पर्ने थियो । हाम्रो समूहको निकै मिहिनेतका कारण हाम्रो समूह दोस्रो भयो । २५ जनवरी २०१७ बिहानै देखिनै होटल खाली हुँदै गयो । मात्र ७–८ दिन अगाडि भेटेका साथीहरुलाई बिदाई गर्दा पनि निकै नरमाइलो लागेको थियो । त्यहि साँझ नै म पनि विश्वविद्यालय फर्किएँ ।

उक्त सम्मेलनमा मैले सिकेको कुराहरुमा नेपालमा पनि बाटो–घाटोको विकास र सरसफाइमा ध्यान दिने हो भने नेपालको पर्यटन उद्योग अझै फस्टाउने थियो । किसानले उब्जाउने तरकारी वा फलफूल उपभोक्तासम्म पुग्दा ४७ प्रतिशत फ्याकिँदा रहेछन् । केहि कुहिएर त केही नराम्रा आकारका भएर । यदि स्थानीय कुराहरुको सदुपयोग ग¥यौ भने त्यसको बर्बादीमा पक्का पनि कमि आउने छ । किसानबाट बेचिने तरकारीहरु उपभोक्तासम्म पुग्दा दोब्बर तेब्बर मूल्य पुग्न जान्छ । स्थानीय उत्पादनमा प्रोत्साहन गर्ने हो भने आर्थीक समृद्दिमा सहयोग पुग्छ । जल, खाना र उर्जा एकआपसमा निर्भर छन् । खाना उब्जाउनका लागि जलको जरुरत पर्दछ । सिंचाइ प्रविधिको लागि उर्जाको जरुरत पर्ने गर्छ र त्यहि खाना खाएर नै हामीलाई उर्जा मिल्छ ।

चीनमा एउटा भनाई छ, ‘घरमा बाबुआमा हुन्छन् भने बाहिर साथीहरु ।’ उक्त सम्मेलनमा अविस्मरणीय छन् साथीहरु । इन्डोनेसियाका तामारा, इन्डोनेसियाकै जफान्या र जेफ्री, तान्जानियाको एडवार्ड, अमेरिकाका काइल र एन्ड्रिया, स्विडेनकी निकेल, स्पेनका पाब्लो, बंगलादेशका अलि, चीनका चाओ र भियतनामी ट्राङ् लगायतका साथीसँगको मित्रता नै मैले उक्त सम्मेलनको मुख्य उपलब्धिको रुपमा लिएको छु ।

photo2


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले