back

गजल

वि.सं.२०७८ साउन २ शनिवार

288 

shares
NTC AD
Global IME AD

व्यथा हजारौं बगे नयनमा बगर भएको छ जिन्दगानी ।
त्यसै कलेटी परेर फुस्रो अधर भएको छ जिन्दगानी ।

गरी इशारा समीप आई नयन झुकाएर लाज मान्दै,
पुलुक्क हेर्दा त्यसै अनौठो सफर भएको छ जिन्दगानी ।

मदन तिमी हौ भनेर आफैं मुना बनेको कथा सुनाई,
न प्रीत लायौ न साथ आयौ कसर भएको छ जिन्दगानी ।

सिनिक्क पार्दै लिपेर आँगन मलाइ डाक्ने उनी कता छिन्,
भनेर खोज्ने नशालु चञ्चल नजर भएको छ जिन्दगानी ।

सधैँ अँध्यारो रहन्न जीवन भनेर साँच्दै थिएँ उज्यालो,
निभेछ बत्ती उराठ लाग्दो शहर भएको छ जिन्दगानी ।

बहर-ए-बाफिर मुसम्मन महजुफ
१२१२२ १२१२२ १२१२२ १२१२२

वि.सं.२०७८ साउन २ शनिवार ०७:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...