back
CTIZAN AD

‘वैदेशिक रोजगार’ मोबाइल एप अब आइओएसमा पनि

वि.सं.२०७८ साउन २ शनिवार

612 

shares

२ साउन, काठमाडौँ । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप आइओएसमा पनि उपलब्ध भएको छ । साझा सबाल मिडियाले सञ्चालन गरेको एप यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध थियो ।

वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली नागरिक, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरी एप सञ्चालनमा साझा सवाल मिडियाका सञ्चालक अनिल अधिकारीले जानकारी दिए । साझा सबाल मिडियाले २०७५ सालदेखि उक्त एप सञ्चालनमा ल्याएको हो । यो एप अब आइफोन प्रयोगकर्ताले एप स्टोरमा गएर ‘वैदेशिक रोजगार’ सर्च गरेर डाउनलोड गर्न सक्नेछन् ।

एपमार्फत वैदेशिक रोजगारीका लागि विज्ञापन छान्न, विज्ञापन आधिकारिक हो या होइन भन्ने जानकारी दिन, म्यानपावरबारे विस्तृत जान्न र सम्पूर्ण म्यानपावरको जानकारी लिन सकिनेछ ।

एपमा आफूले मन परेको देशको डिमाण्ड, सर्वाधिक धेरैले मन पराएको माग, तलब, पद तथा कम्पनीअनुसारको मागको विज्ञापन सजिलै छानेर हेर्न तथा सिधै म्यानपावर कम्पनीमा सम्पर्क गर्न सकिने फिचर उपलब्ध रहेको सञ्चालक अधिकारीले बताए ।

वैदेशिक रोजगारमा जान चाहनेले ‘गुगल म्याप’को सहायताले सिधै म्यानपावर कम्पनीसम्म पुग्न सक्ने सुविधा एपमा रहेको छ । त्यस्तैगरी कुन देशमा कुनकुन पदमा केके डिमाण्ड आएका छन् भनेर हेर्न सकिने छ ।

यस्तै विदेशमा समस्यामा परेका नेपालीले विभिन्न निकायमा निवेदन दिने नमूूनाबारे जानकारी, वैदेशिक रोजगार बोर्डद्वारा जारी तालीम पाठ्यक्रम, वैदेशिक रोजगारसम्बन्धी ऐन/कानूूनबारे जानकारीलगायत विभिन्न निकायका सम्पर्क नम्बर थाहा पाउन सकिने छ ।

एपमा इजजात प्राप्त म्यानपावरका सम्पर्क जानकारी, दूूतावास, अभिमुखीकरण संस्था, मेडिकल संस्थाबारे जानकारी र वैदेशिक रोजगारअन्तर्गत तालिम प्रदायक संस्थाबारे जानकारी पाउन सकिनेछ ।

वि.सं.२०७८ साउन २ शनिवार १९:५८ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...