२ साउन,जनकपुर । प्रदेश नं २ सरकारमा गएका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले सपथ ग्रहण गरेका छन् ।
प्रदेश नं २ का प्रदेश प्रमुख राजेश झा अहिराजले आन्तरिक मामिला तथा सञ्चरमन्त्री भरतकुमार साहलाई पद तथा गोपनियताको शपथ गराएका छन् । मुख्यमन्त्री लालबाबु राउतले शनिबारै मन्त्री पदमा नियुक्त गरेका नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता साहलाई प्रदेश प्रमुख झाले मधेश भवनमा आयोजित समारोहमा शपथ गराएका हुन् ।
सोही समारोहमा मुख्यमन्त्री राउतले नव नियुक्त आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रूवीकुमारी कर्णलाई पद तथा गोपनियताको शपथ गराए । प्रदेश सरकारमा माओवादी केन्द्रलाई सहभागी गराउन जनता समाजवादी पार्टीका ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले शनिबार बिहान राजिनामा गरेका थिए । शपथ समारोहमा सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका पदस्थ उच्च पदाधिकारीको उपस्थिति थियो ।
वि.सं.२०७८ साउन २ शनिवार २०:०९ मा प्रकाशित






























