२ साउन, काठमाडौं । प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस पाइने भएको छ । अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा सो मात्राको बोनस दिने भएको हो ।
एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले खल्तीले उक्त बोनस अफर ल्याएको हो ।
यो बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ । त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ ।
उक्त लिंक गरिएको प्राईम बैंक अकाउन्टबाट खल्तीमा निःशुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी घरमै बसी केहि सेकेण्ड भित्रै जुनसुकै समयमा गर्न सकिन्छ । साथै घरबाटै पनि लिंक गर्न सकिने छ । यो योजना जुलाई १६ देखि ३१ तारिखसम्म खल्तीसँग प्राईम बैंक लिंक गर्ने जोकोहिलाई लागु हुन्छ ।
वि.सं.२०७८ साउन २ शनिवार २०:२० मा प्रकाशित






























