२ साउन, काठमाडौँ । नेपाली कांग्रेसले पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीको राजीनामा स्वीकृत गरेको छ ।
सभापति शेरबहादुर देउवाले खातीले दिएको राजीनामालाई स्वीकृत गरेको पार्टी कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
सभापति देउवाले खातीले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्य पदमा बसेर पु¥याएको सक्रिय योगदानको सह्राना गर्दै उनलाई धन्यवाद व्यक्त गरेका छन् ।
महान्यायधिवक्तामा नियुक्त भएका कारण खातीले पार्टीको उक्त जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।
वि.सं.२०७८ साउन २ शनिवार २०:३३ मा प्रकाशित






























