२ साउन, काठमाडौं । सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ ।
दराजको महाबचत बजार योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार ५०० रूपैयाँसम्मको छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । साथै, क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम दुई हजार रूपैयाँसम्मको छुट प्राप्त गर्नसक्ने पनि उल्लेख गरिएको छ ।
यो योजना यही साउन ३ देखि ७ गतेसम्म लागू हुने बैंकले जानकारी दिएको छ । उक्त समझदारीपत्रमा सानिमा बैंकका डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमु प्रालिका डिजिटल पेमेन्ट पार्टनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका छन् ।
वि.सं.२०७८ साउन २ शनिवार २०:२८ मा प्रकाशित






























