back
CTIZAN AD

बीमा कम्पनीहरुको नियमन अब डिजिटल प्रविधिमार्फत

वि.सं.२०७८ साउन २ शनिवार

768 

shares

२ साउन काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको सुपरिवेक्षण, नियमन तथा अनुगमन अब डिजिटल प्रविधिमार्फत् गर्ने भएको छ ।

समितिले नयाँ सर्भर र सफ्टवेयर इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिन्टम (आईआरएमआईएस) सञ्चालनमा ल्याएको हो ।

आफ्ना काम कारवाहीलाई अझ बढी चुस्त, दुरुस्त एवम् पारदर्शी बनाउँदै सरोकारवालाहरुलाई छिटो छरितो सेवा उपलब्ध गराउने उदेश्यले नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।

उक्त सर्भर र सफ्टवेयर आईआरएमआईएसमार्फत् बीमा कम्पनीहरुबाट कानूनी, उजुरी, नियमन, नीति विश्लेषण र परिपालन सम्बन्धी विषयका साथै दावी तथा सम्पत्तिको शुद्धीकरणसम्बन्धी विवरणहरु समेत प्राप्त हुनेछन् । साथै, बीमालेख तथा बीमाङ्की, अण्डरराइटीङ्ग, वित्तीय एवम् लेखापरिक्षण र सूचना प्रविधि सम्बन्धी विवरणहरु समितिलाई प्राप्त हुने बताइएको छ ।

सञ्चालनमा ल्याइएको सर्भर र आईआरएमआईएस सफ्टवेयरको समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले औपचारिक उद्घाटन गरेका हुन् ।

सो क्रममा अध्यक्ष सिलवालले बीमा व्यवसायलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्न आधुनिक प्रविधिमा आधारित नयाँ सर्भर र सफ्टवेयर पहिलो भएको बताए ।

उनले नयाँ प्रविधिमार्फत् बीमा कम्पनीहरुले कानुन बमोजिम समितिलाई उपलब्ध गराउनु पर्ने विवरण अनलाईनमार्फत् नै पठाउन सक्ने उनले बताए ।

‘यसबाट कम्पनीहरुको समय बचत हुनुको साथै, काम कारवाही छिटो छरितो र पारदर्शी हुनेछ,’ अध्यक्ष सिलवालले भने, ‘तीनको अध्ययन विश्लेषण गरी बीमा सम्बन्धी नीति, रणनीतिको परिमार्जन तथा विश्लेषणका साथै, नियमन र सुपरिवेक्षण गर्न समेत समितिलाई सहयोग पुग्छ ।’

यसैगरी, उक्त सफ्टवेयरमार्फत् बीमा कम्पनीबाट भएका स्थलगत सुपरिवेक्षण, गैरस्थलगत सुपरिवेक्षण, कृषि तथा लघुबीमा र पुनरबीमा सम्बन्धी विवरणहरुका साथै, इजाजत, बीमा अभिकर्ता तथा सर्भेयर र व्यवस्था सूचना प्रणाली सम्बन्धी विवरणहरु समितिलाई प्राप्त हुने व्यवस्था गरिएको छ ।

 

वि.सं.२०७८ साउन २ शनिवार २०:३६ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...