back
CTIZAN AD

दिल्लीको बेडबाटै झलनाथ खनालको आग्रह – ‘देउवा सरकारलाई विश्वासको मत प्रदान गरौँ’

वि.सं.२०७८ साउन ३ आइतवार

627 

shares

३ साउन, काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन्। भारतको नयाँदिल्लीमा उपचार गराइरहेका खनालले एक विज्ञप्ति जारी गर्दै एमाले सांसदलाई कुनै अलमल र आक्रोशको प्रभावमा नपरी देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।

विश्वासको मत दिँदा आफ्नो मत पनि देउवाकै पक्षमा हुने बताएका छन्। उनले अबको दुई वर्ष देउवा सरकारले काम गर्ने समेत बएका छन्।

देउवाले आज संसदमा विश्वासको मत लिँदै छन्। आज बजे संसद् बैकठ बस्दै छ।

नेता खनालले सर्वोच्च अदालतको फैसलालाई एउटा ऐतिहासिक फैसला भएको बताएका छन् । उनले भनेका छन् ‘सम्मानित सर्वोच्च अदालतको फैसललाले निकै लामो समयदेखि गलत बाटोमा गैरहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठिक बाटोमा ल्याएको छ। संविधानको संरक्षण भएको छ । संविधानको सहि व्याख्या समेत गरिएको छ ।’

‘जेठ २ गते पुराएको यथार्थलाई स्वीकार गरौँ, त्यहि जेष्ठ २ को वास्तविकताको धरातलबाट पार्टीका र सबै जनसंगठनका संरचनाहरुलाई पनि अघि बढाऔँ, सिंगो र पूर्ण केन्द्रीय कमिटीको बैठक विधिपूवर्क बोलाऔँ, २८ असारको सर्वोच्चको फैसलापछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिको विश्लेषण गरौँ, फैसललााई दृढतापूर्वक कार्यान्वयन गरौँ ।’ उनले पार्टी एकतामा जोड दिँदै भनेका छन् ‘पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनका निम्ति जोसुकैले जुनसुकै कुरा त्याग गर्न पनि तयार होऔँ ।’

वि.सं.२०७८ साउन ३ आइतवार १४:०६ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...