back
CTIZAN AD

एनआरएनए बहराइनको आठौं अधिबेशन निर्वाचन समिति खारेजीको माग

वि.सं.२०७८ साउन ३ आइतवार

801 

shares

३ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनको आठौं अधिवेशन निर्वाचन समिति खारेज गर्न माग गर्दै अध्यक्ष कुमार पन्तलाई पत्र पठाइएको छ ।

निर्वाचन समितिमाथि ८ बुँदे असहमति राख्दै एनआरएनए बहराइनका पदाधिकारीहरुले अध्यक्ष पन्तसमक्ष निर्वाचन समिति खारेज गर्न माग गरेका हुन् ।

निर्वाचन समितिले आफ्नो बैठकको माइन्युट नगरेको, उम्मेद्वारी मनोनयन दर्ता समय समाप्त हुँदा पनि बलजफती गरी उम्मेद्वार दर्ता गरेको, एउटै विषयमा फरक मापदण्ड अपनाइ एउटा पक्षको उम्मेद्वारी दाबी विरोधलाई स्वीकार गरेको लगायतका विषय गलत रहेको ठहर गर्दै निर्वाचन समिति खारेज माग गर्न माग गरिएको एनआरएनए बहराइनका वर्तमान उपाध्यक्ष एवं अध्यक्ष पदका उम्मेद्वार शुभास केसीले जानकारी दिए ।

“एउटा डिभाइसबाट एउटा मात्रै मतदान गर्न दिइनु पर्नेमा कार्यसमितिले बहुमतबाट एउटा डिभाइसबाट जति पटक पनि मतदान गर्न दिने भन्ने निर्णय गरेको र त्यसबाट चुनावमा धाधली हुन सक्ने भएकाले हामीले त्यसको लिखित विरोध गरेका छौं, तर अहिले सम्म कुनै सुनुवाइ भएको छैन,“ केसीले भने ।

हेर्नुहोस् पत्र

No description available.

No description available.

No description available.

 

वि.सं.२०७८ साउन ३ आइतवार १४:१२ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...