३ साउन, काठमाडौँ । आर्थिक वर्षको पहिलो दिन सेयर बजार (नेप्से) मा उछाल आएको छ । आज बजार परिसूचक ९७ दशमलव २१ अकंले बढेर समग्र परिसूचक २९८० दशमलव ६१ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १९ दशमलब ५५ अकंले बढेर ५६० दशमलब ९६ अकंमा पुगेको छ ।
आज नेप्सेमा सूचिकृत सबै कम्पनीको सूचकमा हरियाली छाएको छ ।
आज कुल सूचिकृतमध्ये २२१ कम्पनीका ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९२ रुपैंया बराबरको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख १६ हजार २ सय ९४ पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा मञ्जुश्री फाइनान्स, नविल बैंक, अरुण भ्याली हाइड्रोपावर, एनआईसी एशिया बैंक, कामना सेवा विकास बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा लक्ष्मी इक्यूटी फण्ड, सानिमा इक्यूटी फण्ड, एनआईशी एशिया ग्रोथ फण्ड, अरुण भ्याली हाईड्रोपावर, नेपाल बंगलादेश बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबै भन्दा धेरै सिन्धु विकास बैंक, सिंगटी हाईड्रो इनर्जी, ङादी ग्रुप पावर, समृद्धि फाइनान्स, हिमालयन पावर लिमिटेडका कम्पनीका लगानीकर्ताहरुले उच्च अंकले कमाएका छन । उनीहरुले सबैले १० प्रतिशतले कमाएका छन । त्यस्तै सिद्धार्थ बैंक, महालक्ष्मी विकास बैंक, एक्सल डेभल्पमेन्ट बैंक लगायतका कम्पनीका लगानीकर्ताहरुले पनि उच्च अकंले कमाएका छन ।
आज सबै भन्दा धेरै गुमाउनेमा एनआईबिएल समृद्धि फण्ड २, गुडविल डिबेञ्चर ८३, ग्लोबल आइएमई डिबेञ्चर ८०/८१, कुमारी इक्युटी फण्ड लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।
आज भएको कारोबारमा १७४ कम्पनी लागनीकर्ताले कमाउदाँ ८ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने १ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।
वि.सं.२०७८ साउन ३ आइतवार १५:२४ मा प्रकाशित


























