back
CTIZAN AD

एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारीको उम्मेदवारी, यस्ता छन् प्रतिबद्धता

वि.सं.२०७८ साउन ३ आइतवार

723 

shares

३ साउन, अष्ट्रिया । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अष्ट्रियाको अध्यक्ष पदमा भवानी तिवारीले उम्मेदवारी घोषणा गरेकी छन् ।

जुलाई ३१ मा हुने परिषद्को निर्वाचनमा उम्मेदवारी घोषणा गरेकी तिवारीले अष्ट्रियामा रहेको नेपाली समाज र संघ–संस्थालाई गोलबद्ध गर्दै एकताको सूत्रमा गाँस्ने प्रतिवद्धता समेत व्यक्त गरेकी छन् ।

लामो समयदेखि अष्ट्रियामा रहेर सन् २००५ देखिनै गैरआवासीय नेपाली संघमा  प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न रहेर संस्थामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी तिवारीले सुरुवाती दिनमा पदीय जिम्मेवारी नलिए पनि प्रारम्भिककालमा आफूले सकेसम्म सेवा गर्दै आएको बताएकी छन् ।
१सम्भवतः मेरो त्यही काम देखेर साथीहरुले मलाई नेतृत्वमा आएर औपचारिक रुपमै काम गर्न अभिप्रेरित गर्नुभयो, उम्मेदवराी घोषणा गर्दै तिवारीले भनेकी छन् ‘तीन दशक लामो साथीहरुको सहयोग, आफ्नै अनुभव र मेहनतले गर्दा नै आज राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको अध्यक्ष पदमा जिम्मेवारी लिने साहस जुटाउन सफल भएको ठान्दछु ।’

अष्ट्रियाको सुन्दर र सानो नेपाली समाजलाई एउटा छुट्टै खालको पहिचान दिने इच्छा रहेको बताउँदै तिवारीले नेपाली समुदायको मर्म र भावनालाई कदर गर्दै मातृभूमि नेपालको लागि सक्दो साथ रहने प्रतिवद्धता समेत जनाएकी छन् ।

‘विभिन्न जाति, धर्म, पेशा लिएर बसेको स्थानीय नेपाली समाज, संघ–संस्थाहरुबीच सम्बन्धका साझा आधारहरुको खोजी मेरो अर्को एजेण्डा हो,’ तिवारी भन्छिन्, ‘टाढिन चाहनेहरुका लागि जात, धर्म, पेशा, राजनीतिक आस्था आदि अनेक आधार भेटिन्छन्, तर एकीकृत भएर रमाउनका लागि पनि हामीसँग धैरे साझा आधारहरु छन्, म यी आधारहरुको प्रवद्र्धनमा समर्पित हुनचाहन्छु ।’

सांगठानिक र वैचारिक मतभेदबाहेक समाजमा हुने गरेका अनावश्यक रिस, डाह छोडेर उदारताका साथ एक–आपसमा मानवीय संवेदनाको भाव मात्र प्रकट गर्नसके एकता, समन्वय र सद्भाव कुनै टाढाको विषय नभएको भन्दै उनले भनेकी छन्–‘यस प्रवृत्तिको विकास नगरेसम्म संस्था मजबुद नहुने हुँदा पहिलो आवश्यकता भनेको सम्बन्धमा सुधार र एकता नै हो । दोस्रो पक्ष भनेको संस्थालाई सांगठानिक रुपमा भित्रैदेखि मजबुद बनाउनु नै हो । यी दुवै लक्ष्य हासिल गर्न देहायका काम गर्नु आवश्यक देखेकी छु ।’

यस्ता छन् तिवारीका नौ बुँदे प्रतिबद्धता
१) अष्ट्रियामा रहेको नेपाली समाज र संघ–संस्थालाई गोलबद्ध गर्दै एकताको सूत्रमा गाँस्ने प्रतिवद्धताका साथ कार्य गर्नेछु ।

२) संघ-संस्थालाई सुचारु रुपमा अघि बढाउन आर्थिक अवस्था पनि बलियो हुँन जरुरी छ । नयाँ बन्ने कार्यसमिति (विजयी पदाधिकारीज्यूहरु) लगायत अष्ट्रियाबासी अग्रज अभियन्ताज्यूहरुको सरसल्लाह, सहयोग र सहमतिमा एक कोषको स्थापना गर्ने ताकि कार्यकालभर काम गर्न मात्र सहज वातावरण बन्ने होइन, पछि जिम्मेवारी छोडेर जाँदा पनि नयाँ नेतृत्वलाई कार्य गर्न सहयोग पुगोस्, संस्थाको स्थायित्व कायम रहोस् भन्ने सोचाइ छ । हालका लागि स्थानीय तहमा भैपरी आउँदा तत्कालै समस्या समाधान गर्न सकिने वातावरणका लागि पनि आर्थिक पक्ष सुदृढ हुनु अनिवार्य देख्छु ।

३) अष्ट्रियामा आवासीय कागजातको पर्खाइमा रहेका नेपालीहरुलाई सघाउन संगठित प्रयास आवश्यक देख्छु । यसका लागि विशेष कार्यक्रम राख्नु आवश्यक छ । सर्वप्रथम समस्या पहिचानका लागि सरोकारवालाहरुबीच अन्तरक्रिया गर्ने, विधागत रुपमा समस्याअनुसार समाधान खोज्ने र सहयोगका लागि एनसिसीको निगरानीमा एउटा छुट्टै टीम तयार गरी जिम्मेवारी दिइने अवधारणा बनाएकी छु ।

४) गैरआवासीय नेपाली संघको विधि–विधानले तोके बमोजिम पदीय मर्यादामा रही पदाधिकारीज्यूहरुले गर्नुपर्ने जिम्मेवारी छुट्याइने र कार्यकालभर सोही कार्यतालिका अनुसार भूमिका निर्वाह गर्ने वातावरण बनाउने छु ।

क) पदीय मर्यादा क्रमको ध्यान दिदै तीनजना उपाध्यक्ष र दुईजना सचिवको जिम्मेवारी छुट्याइने, त्यसमा स्थानीय स्तर र केन्द्रीयस्तरको जिम्मेवारीबारे सुरुदेखि नै प्रष्ट गराई काम गर्न सहज वातावरण सिर्जना गर्नेछु ।

५) अष्ट्रियास्थित नेपाली समुदायको आर्थिक अवस्था बलियो बनाउँन संस्थागत पहलका साथै अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आबद्ध अग्रज अभियन्ताज्यूहरुसंँग सहकार्य गर्न सक्रिय भूमिका निभाउने प्रतिवद्धता जनाउँछु ।

६)अष्ट्रियामा अध्ययनका लागि आएका नेपाली विद्यार्थीलाई समेटेर अन्तरक्रिया गर्ने, उनीहरुका समस्या पहिचान गरी सघाउने प्रतिवद्धता जनाउँछु ।

७) नेपाली भाषा, कला–सस्कृति र परम्परालाई जोगाउने र संरक्षण सम्वर्धन गर्ने प्रयासमा लाग्नेछु ।

८) विगतमा यहाँहरुले दिनुभएको परामर्श, सुझाव र सहयोगको लागि हृदयदेखि धन्यवाद दिनुका साथै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विनीत अनुरोध गर्दछु ।

९) अन्त्यमा, अष्ट्रियामा रहेको नेपाली समुदायका सबै सदस्यहरुको सहज पहुँचमा रही निरन्तर स्वयंसेवी भावका साथ सेवा गर्ने कार्यसमितिको निर्माण तथा परिचालनका लागि समर्पित रहनेछु।

वि.सं.२०७८ साउन ३ आइतवार १५:२६ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...