३ साउन, काठमाडौँ । मनकामना स्मार्ट लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । साउन १ गतेदेखि लागू हुने गरी मनकामना स्मार्ट लघुवित्तले २ वर्षको लागि एनएमबि क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
यससँगै अब मनकामना स्मार्ट लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य एनएमबि क्यापिटल मार्फत हुनेछ ।
वि.सं.२०७८ साउन ३ आइतवार १६:५७ मा प्रकाशित


























