back
CTIZAN AD

भरतपुर अस्पतालमा सर्पदंशका बिरामी बढ्दो

वि.सं.२०७८ साउन ३ आइतवार

621 

shares

३ साउन, चितवन । भरतपुर अस्पतालमा गएको तीन महिनामा विषालु सर्पले डसेका ३५ बिरामीको उपचार गरिएको छ ।

सर्पले डसेर दैनिक पाँच/सातजना बिरामी अस्पताल आउने गरेका छन् । अस्पतालका आकस्मिक सेवा प्रमुख राजकुमार ढुङ्गानाका अनुसार वैशाखदेखि असार मसान्तसम्म विषालु सर्पले डसेर आएका ३५ जनाको उपचार गरिएको छ ।

सर्पले डसेर दैनिक आउने बिरामीलाई २४ घण्टा निगरानीमा राख्ने गरिन्छ । त्यस पश्चात् विष नदेखिएमा घर पठाउने गरिन्छ । उनले भने, “केले टोक्यो भनेर आउने समेत जोड्दा दैनिक यो सङ्ख्या १० जनाको हाराहारी हुने गर्दछ ।” जिल्लामा भरतपुर अस्पतालमा मात्र सर्पदंशको बिरामीको निःशुल्क उपचार हुन्छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवनसहित बारा, मकवानपुर, गोरखा, लमजुङ्, तनहुँ र नवलपरासीका बिरामी यो अस्पतालमा उपचारका लागि आउने गरिन्छ । तीमध्ये पनि ठूलो सङ्ख्यामा नवलपरासीका बिरामी आउने गर्दछन् । अस्पतालले एन्टिस्नेक भेनम निःशुल्क उपलव्ध गराउँदै आएको छ ।

गत वर्ष कोभिडका कारण सघन उपचार कक्ष नभएकाले आठ जना बिरामीलाई एन्टिस्नेक भेनमसहित चितवन मेडिकल कलेज पठाइएको थियो । पौडेलका अनुसार अस्पतालमा वैशाखदेखि असोजसम्म सर्पले डसेका बिरामी आउने गर्दछन् ।

भरतपुर अस्पतालमा रहेर लामो समय सर्पदंशको उपचार र अध्ययन एवं अनुसन्धानमा जुटेका वरिष्ठ फिजिसियन डा विजय पौडेलका अनुसार सो अस्पतालमा एक वर्षमा पाँच सय देखि ६०० जनासम्म सर्पदंशका बिरामी आउने गर्दछन् ।

तीमध्ये १५० हाराहारी विषालु सर्पले डसेका हुने गरेको उनका भनाइ छ । यहाँ आउने बिरामीलाई मुख्य रुपमा कोब्रा, करेट, रसेनभाइपर र पिटभाइपरले डसेका हुन्छन् । नवलपरासी क्षेत्रमा भाइपरको जोखिम बढी हुने गरेको छ ।

केही समयअघि मात्रै भरतपुर अस्पतालबाट अवकास लिएका पौडेलका अनुसार मानिसलाई डस्ने सर्पमध्ये ८० प्रतिशत विशालु हुँदैनन् । चितवनको पश्चिम र माडी क्षेत्रमा पाइने सर्प विषालु हुने उनले जानकारी दिए ।

विगत वर्षमा सर्पदंशबाट धेरैको मृत्यु हुनेगरेको स्मरण गर्दै उनले पछिल्ला दिनमा मृत्यु दर निकै कम हुँदै गएको जानकारी दिए । भरतपुर अस्पतालमा सघन उपचार कक्ष स्थापना पूर्व विषालु सर्पले डसेकामध्ये ३५ प्रतिशतसम्मको मृत्यु हुने गरेको उनका भनाइ छ । विसं २०६५ मा भरतपुर अस्पतालमा सघन उपचार कक्ष वनेसँगै सर्पदंशका बिरामी बचाउन सकिएको उनका अनुभव छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदाश अधिकारीले पछिल्ला वर्षमा सर्पदंशका बिरामी बचाउन सकिएको बताए । मृत्यु दर घट्नुमा अस्पतालमा सघन उपचार कक्षलगायत विशिष्टिकृत सेवा शुरु हुनु, अध्ययन एवं अनुसन्धानले उपचार पद्दतिमा सहजता आउनु, जनचेतनाका कारण बिरामी समयमानै अस्पताल आउनुलगायत रहेको उनका भनाइ छ ।

उनले यो मौसममा घरमा नै आएर करेत सर्पले डस्न सक्ने भएकाले घरमा सुत्नु अघि उच्च सावधानी अपनाउन, खेतबारीमा जाँदा बुट लगाउन, हिँडडुल गर्दा शरीरको पूरै भाग छोपिने गरी कपडा एवं जुत्ता लगाउन, घर वरिपरी भएका झाडी फाँड्न र सर्पले डसिहालेमा तत्काल अस्पताल आउन सुझाव दिए ।

वि.सं.२०७८ साउन ३ आइतवार १६:५५ मा प्रकाशित

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन...

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

काठमाडौँ । सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

सिद्धार्थनगर (भैरहवा) । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...