back
CTIZAN AD

एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै, ह्विप नमान्ने सांसदलाई कारवाही गर्ने तयारी

वि.सं.२०७८ साउन ४ सोमवार

660 

shares

४ साउन, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीभित्रको आन्तरिक विवादका विषयमा छलफल हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । बैठक विधान महाधिवेशनमा बैठक केन्द्रित हुने बताइएको छ ।

उक्त बैठकले पार्टी निर्णयविपरीत ह्विप उल्लंघन गर्ने सांसदहरुमाथि कारवाही गर्ने बुझिएको छ । आइतबार बसेको स्थायी कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेपनि एमालेका १२१ सांसद मध्ये ३३ जनाले पार्टीको निर्णयको उल्लंघन गरेका थिए । एमालेका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा मतदान गरेका थिए । त्यसमा अध्यक्ष केपी शर्मा ओली पक्षका ८ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ सांसदले देउवाका पक्षमा मतदान गरेका थिए । नेपाल समूहका १० जना अनुपस्थित रहे । सांसद भीम रावलले मतदान अघि नै राजिनामा दिएका थिए ।

माधव नेपाल समूहले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर बुझाएसँगै बढेको नेकपा विवाद पार्टी ह्विप विपरित देउवालाई विश्वासको मत दिएपछि झनै बढेको छ ।

वि.सं.२०७८ साउन ४ सोमवार ०९:०७ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...