back
CTIZAN AD

पहिलो एकदिवसीयमा भारत ७ विकेटले विजयी, शिखर धवनको उत्कृष्ट ब्याटिङ्ग

वि.सं.२०७८ साउन ४ सोमवार

912 

shares

४ साउन, काठमाडौँ । भारत र श्रीलंका बिचको पहिलो एकदिवसीयमा भारत ७ विकेटले विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गर्ने निणर्य लिएको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २६२ रन बनाएका थियो । श्रीलंकाका लागि ब्याटिङ्गमा चमिका करुणारत्नेले सर्वाधिक ४३ रन बनाएका थिए भने भारतका लागि बलिङ्ग तर्फ दिपक चाहर, कुलदिप यादव र युजवेन्द्र चाहलले समान २/२ विकेट हात पारेका थिए ।

श्रीलंकाले दिएको २६३ रनको लक्ष्य भारतले ३६.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि कप्तान शिखर धवनले सर्वाधिक ८५ रन बनाएका थिए । त्यसैगरी पृथ्वी शहले ४३, इशान किसनले ५९, मनिष पांडेले २० र सूर्याकुमार यादवले ३१ रन बनाएका थिए । श्रीलंकाका लागि बलिङ्ग तर्फ भने धनंजया डि सिल्वाले सर्वाधिक २ विकेट हात पारेका थिए ।

जितसँगै भारतले ३ खेलको एकदिवसीय श्र्रखलामा १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७८ साउन ४ सोमवार १०:२९ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...