back
CTIZAN AD

दोस्रो टि-२० मा पाकिस्तान ४५ रनले पराजित, साकीब महमूदको घातक बलिङ्ग

वि.सं.२०७८ साउन ४ सोमवार

528 

shares

४ साउन, काठमाडौँ । पाकिस्तान र इंल्याण्ड बिचको दोस्रो टि २० मा पाकिस्तान ४५ रनले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको इंल्याण्डले १९.५ ओभरमा १० विकेट गुमाएर २०० रन बनाएको थियो । इंल्याण्डका लागि कप्तान जस बटलरले ३९ बलमा ५९ रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी लियम लिभिंगस्टोनले ३८ र मोइन अलिले ३६ रनको शानदार पारी खेलेका थिए । पाकिस्तानका लागि बलिङ्गमा मोहम्मद हसनैनले सर्वाधिक ३ विकेट लिएका थिए ।

२०१ रनको विशाल लक्ष्य पछाएको पाकिस्तानकाे टिमले २० ओभरमा ९ विकेट गुमाएर १५५ रनमात्र बनाउन सक्यो । पाकिस्तानका लागि मोहम्मद रिजवनले ३७ रन र शादाब खानले ३६ रनको विस्फोटक पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । इंल्याण्डका लागि साकीब महमूदले उत्कृष्ट बलिङ्ग गर्दै ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट हात पारेका थिए । त्यसैगरी आदिल रसिद र मोइन अलिले पनि समान २/२ विकेट लिएका थिए ।

जितसँगै इंल्याण्डले ३ खेलको टि-२० श्रृखलामा पनि १-१ ले बराबरी गरेको छ ।

वि.सं.२०७८ साउन ४ सोमवार ११:०० मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...