back
CTIZAN AD

नवलपुरमा चैतेधानको उत्पादन बढ्दो

वि.सं.२०७८ साउन ४ सोमवार

807 

shares

४ साउन, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैतेधानको उत्पादन बढेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा गत वर्षको भन्दा ४०० मेट्रिक टन बढी चैतेधान उत्पादन भएको हो । कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी शङ्कर पौडेलले यस वर्ष जिल्लाको ७०० हेक्टर क्षेत्रफलमा तीन हजार ३६० मेट्रिक टन चैतेधान उत्पादन भएको जानकारी दिए ।

“गत वर्षको भन्दा यस वर्ष चैतेधान लगाउने क्षेत्रफलसमेत वृद्धि भएको थियो”, पौडेलले भने, “गत वर्ष ६२० हेक्टर क्षेत्रफलबाट दुई हजार ९४० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ८० हेक्टर बढी क्षेत्रफलमा धान लगाइँदा उत्पादन पनि बढेको हो ।”

जिल्लामा विशेषगरी चैतेधानका रूपमा हर्दिनाथ–१, टाइचिन, स्थानीय अनदी, सिएच ४५ जातको धान रोप्ने गरिएको छ । कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको धान ब्लक कार्यक्रममा कृषक आकर्षित हुँदा चैतेधानको क्षेत्रफल र उत्पादनमा वृद्धि भएको पौडेलले बताए ।

“हामीले अहिले जिल्लाको गैँडाकोट–११ र कावासोती–१७ मा धान ब्लक कार्यक्रम शुरु गरेका छौँ”, उनले भने, “धान ब्लक कार्यक्रमबाट कृषकलाई अनुदान प्रदान गरेपछि चैतेधानतर्फ उनीहरु आकर्षित भएका हुन् ।” धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधाका साथै कृषिमा यान्त्रिकीकरणका लागि अन्य उपकरणमा समेत अनुदान प्रदान गरेको छ ।

जिल्लाभित्र उत्पादन हुने चैतेधान कृषक आफैँले बिक्री गर्ने गरेको भन्दै पौडेलले गैँडाकोटमा उत्पादन भएको धान स्थानीय खाद्य उद्योगले खरिद गरेको बताए। “गैँडाकोटमा उत्पादन भएको धान नगरपालिकाको समन्वयमा स्थानीय जयश्री खाद्य उद्योगले खरिद गरेको छ”, उनले भने, “जिल्लाको अन्य क्षेत्रमा उत्पादन भएको धान भने कृषक आफैँले स्थानीयस्तरमा नै बिक्री गर्ने गरेका छन् ।” चैते धानको उत्पादन बढाउन सकिएको खण्डमा जिल्लाबाट अन्यत्रसमेत धान निर्यात गर्न सकिने उनका भनाइ छ ।

९५ प्रतिशत रोपाइँ सकियो

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा ९५ प्रतिशत रोपाइँ सकिएको छ । समयमै मनसुन शुरु भएका कारण यस वर्ष असार मसान्तसम्म बर्खेधानको ९५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । “यस वर्ष समयमै पानी पर्यो, जिल्लामा मल बीउको समेत अभाव भएन । त्यसैले असार सकिने बेलासम्म ९५ प्रतिशत रोपाइँ सकियो”, पौडेलले भने ।

साउनको पहिलो हप्तासम्म जिल्लामा रोपाइँ हुने सबै क्षेत्रमा बर्खेधान रोपेर सकिने पौडेलले बताए। यस वर्ष जिल्लामा २० हजार ८७० हेक्टर क्षेत्रफलमा बर्खेधान रोपाइँ हुने सूचना अधिकारी पौडेलले जानकारी दिए।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा ६० हजार ६६७ हेक्टर खेतीयोग्य जमीन भएको भन्दै पौडेलले २७ हजार ३६१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको बताए ।

“नवलपुरमा खेतीयोग्य जमीन र सिँचाइ हुने जमीनको तुलनामा धान खेती हुने क्षेत्रफल निकै नै कम छ”, सूचना अधिकारी पौडेलले भने, “अघिल्लो वर्ष २० हजार ९९० हेक्टर क्षेत्रफलमा बर्खेधान लगाइएको थियो तर यस वर्ष बर्खेधान रोपाइँ हुने क्षेत्रफल घटेको छ ।”

कृषक नगदे बालीमा आकर्षित हुनु तथा खेतमा प्लटिङ गर्ने परिपाटी बढ्दै जानुले समेत बर्खेधान लगाइने क्षेत्रफल खुम्चिँदै गएको पौडेलले बताए । जिल्लामा सावित्री, रामधान, सावा मन्सुलीलगायतका धान बर्खेधानका रूपमा लगाउने गरिएको छ ।

वि.सं.२०७८ साउन ४ सोमवार ११:०७ मा प्रकाशित

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन । छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक...

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी । पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५०...

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की । पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको...