४ साउन, काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेडको १० प्रतिशत बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीको २५ औँवार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर हितग्राहीको खातामा जम्मा गरेको हो ।
२०७८ बैशाख २५ गतेसम्म आफ्नो शेयर भौतिक र अभौतिकीकरण गराएका शेयरधनिको बोनश शेयर खातामा जम्मा गरेको जनाएको छ । साथै उक्त मिति पश्चाप अभौतिकीकरण गराएका तथा गराउनेले प्रभु क्यापीटलको वेभसाइटमा रहेको ढांचा अनुसार निवेदन दिन आग्रह गरेको छ । हालसम्म शेयर डिम्याट नगर्नु भएका शेयरधनीले शेयर रजिष्ट्रार प्रभु क्यापिटल, पायक पर्न प्रभु बैकको शाखा कार्यालय मार्फत हितग्राही खाता शेयर डिम्याट गरी बोनश शेयर प्राप्त गर्न आग्रह गरिएको छ ।
वि.सं.२०७८ साउन ४ सोमवार १२:१३ मा प्रकाशित


























