back
CTIZAN AD

महोत्तरीको कारागारमा थुनुवाको चाप बढ्दो

वि.सं.२०७८ साउन ४ सोमवार

726 

shares

४ साउन, महोत्तरी । जलेश्वरस्थित महोत्तरी कारागारमा थुनुवाको चाप निकै बढेको छ ।

जम्मा ५६१ कैदी र थुनुवा रहेका कारागारमा दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका) को चाप निकै बढेको कारागार प्रशासनले जनाएको हो । विसं १९१३ मा निर्मित जीर्ण कारागार भवनको क्षमता १३५ कैदी र थुनुवामात्रै राख्नसक्ने छ ।

कारागारमा अहिले २०५ पुरुष र १६ महिलासहित २२१ मात्रै कैदी (न्यायिक निकायले कसुर ठहर गरी फैसला गरेअनुरुप सजाय काटी रहेका) छन् । यद्यपि थुनुवाको सङ्ख्या ३४० छ । तीमध्ये पाँच आश्रित बालबालिकासहित ३६ महिला र ३०४ जना पुरुष छन् ।

न्यायिक निकायले दैनिकजसो पठाउने थुनुवा अब कारागारले थेग्नै नसक्ने बनेको कारागार प्रमुख (जेलर) गणेशचन्द्र मिश्र बताउँछन् । थुनुवा सङ्ख्या निकै बढेपछि धनुषा जिल्लाका न्यायिक निकायलाई अब अन्यत्र कारागारमा व्यवस्था गर्न अनुरोध गरिएको कारागार प्रशासनले जनाएको छ । धनुषामा कारागार नहुँदा मुख्य चाप नै त्यहाँको हुने गरेको मिश्रको भनाइ छ ।

“हाम्रो अनुरोधले केही दिनयतादेखि धनुषाका पुरुष थुनुवा आउन छाडेका छन्”, कारागार प्रमुख मिश्रले भने, “यसले पछिल्लो एक महिनाभित्र क्रमशः थुनुवा घट्दै गएका छन् ।” गत जेठसम्म लगभग ६०० पुगेको सङ्ख्या अहिले घटेर ५६१ मा झरेको मिश्रको भनाइ छ ।

कारागारमा फैसला ठीक समय (मुद्दा दर्ता भएको दुई वर्षभित्र) मा नहुँदा पाँच वर्षदेखि पुर्पक्ष क्रममा रहेका थुनुवाको सङ्ख्या उल्लेख्य रहेको कारागार प्रशासनले जनाएको छ । “पुराना मुद्दा समय तालिकाभित्र फैसला नहुने र पुर्पक्ष क्रममा दिनहुँ मान्छे पठाउँदै गर्ने न्यायिक निकायको आदेशले असजिलो बढाएको छ”, मिश्रले भने ।

पछिल्ला केही दिनयता धनुषाले पुरुष थुनुवा पठाउन छाडे पनि हाल कारागारमा रहेका कूल सङ्ख्याका कैदी र थुनुवामध्ये ६० प्रतिशतको हाराहारी धनुषाकै रहेका कारागार प्रशासनले जनाएको छ । दैनिक थपिनेमा कर्तव्य ज्यान, लागुपदार्थ दुव्र्यसन र ज्यान मार्ने उद्योग मुद्दाका थुनुवा बढी आउने गरेका मिश्र बताउँछन् ।

निकै पुरानो जीर्ण कारागार भवनको बसाइ निकै त्रासदीपूर्ण हुने गरेको कैदी÷थुनुवा बताउँछन् । “पन्ध्र दिन पनि भएको छैन, मटिहानीमा संस्कृत माध्यमिक विद्यालयको पुरानो भवन ढलेको छ”, पुरुष र महिला गरी दुई छुट्टाछुट्टै कक्ष रहेको कारागारमा महिला कक्षकी एक थुनुवाले भनिन्, “त्यो घटनायता दिनमा कैयन पटक हामी झस्कने गरेका छौँ ।”

गत असार अन्तिम साता जिल्लाकै मटिहानीस्थित संस्कृत विद्यालयको १०० वर्ष पुरानो भवन ढलेको थियो । कारागारको छत र पर्खालबाट सिमेन्ट उप्किएर झर्ने गरेको र यो घटनाले भवन ढल्छ कि भन्ने त्रास हरदम रहने गरेको महिलाकक्षका कैदी÷थुनुवा बताउँछन् । जलेश्वरकै गहिरो ठाउँमा रहेको कारागारमा केहीबेर पानी पर्नासाथ निकासको प्रबन्ध नहुँदा कैदी र थुनुवाकक्षभित्र हिलाम्य हुने गरेको छ ।

कारागारको यो अवस्थाबारे मानवअधिकारवादी सङ्घ संस्थाले कारागार प्रशासन, जिल्ला प्रशासन र सुरक्षा निकायलाई सचेत गराउँदै आएका छन् । मानवअधिकारको क्षेत्रमा कार्यरत इन्सेकका जिल्ला प्रतिनिधि अजय साह भन्छन्, “भवनको अवस्थाबारे दक्ष प्राविधिकबाट यकिन हुनपर्छ, कारागारको क्षमताभित्र कैदी र थुनुवा राखिनु पर्छ, कैदी र थुनुवालाई भित्र सुरक्षित महसुस हुने वातावरण मिलाउने काम राज्यको हो ।” कारागारको भौतिक संसाधन, कैदी÷थुनुवाको चाप र अन्य व्यवस्थापनबारे उपल्लो निकायमा घचघच्याउने काम भइरहेको जनाइएको छ ।

वि.सं.२०७८ साउन ४ सोमवार १२:१२ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...