back
CTIZAN AD

हेलम्बुका बाढीपीडितलाई जस्तापाता सहयोग प्रदान

वि.सं.२०७८ साउन ४ सोमवार

561 

shares

४ साउन, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका बाढी प्रभावितलाई ८० बण्डल जस्ता सहयोग गरिएको छ ।

गत असार १ गते आएको मेलम्ची खोलाको बाढीबाट प्रभावित १६ घरधुरीलाई पाँच बण्डलका दरले अस्थायी बसोबासका लागि उक्त जस्ता पालिकालाई हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाको समन्वयमा टियर फण्ड नेपालको सहयोग र दयाका हात नेपालको साझेदारीमा उक्त सामग्री प्रदान गरिएको हो । आइतबार संस्थाका कार्यक्रम व्यवस्थापक लोकबहादुर चौधरी र प्रशासन तथा वित्तीय व्यवस्थापक अरुण देवानले उक्त सामग्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देललाई हस्तान्तरण गरेका हुन् ।

जस्तापाता प्रभावित घरधुरीलाई अस्थायी बसोबासका लागि तत्कालै वितरण गरिने सिग्देलले बताए । संस्थाले पालिकालाई पहिलो चरणको कोरोनादेखि हालसम्म खाद्यान्न, स्वास्थ्य सामग्री, रोजगारी सिर्जना, जस्तापाता गरेर रु २७ लाख ५० हजार सहयोग गरेको अनुगमन तथा मूल्याङ्कन अधिकृत अरुण सेञ्चुरीले जानकारी दिए।

संस्थाले पालिकासँगको समन्वयमा लैङ्गिक तथा परिवार सबलीकरण परियोजनामार्फत वडा नं ३ र ७ का १३० घरधुरीलाई आर्थिक सशक्तीकरण र पालिकाभर लैङ्गिक हिंसाविरुद्ध जनचेतना र सहजीकरणको काम गरिरहेको छ ।

याङ्ग्रीका घरपरिवारलाई स्वच्छता सामग्री वितरण

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ याङ्ग्रीका ९० घरपरिवारलाई स्वच्छता सामग्री वितरण गरको छ ।

असार १ मा याङ्ग्री र लार्के खोलामा आएको बाढीबाट प्रभावित परिवारलाई आइतबार स्वच्छतासम्बन्धी सामग्री वितरण गरिएको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिकासँगको सहकार्यमा उक्त समुदायमा विपद्को समयमा स्वास्थ्यसम्बन्धी कुरालाई ध्यानमा राख्न अभिमुखीकरणसहित सामग्री हस्तान्तरण गरिएको संस्थाका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिए ।

समुदायमा धेरै खाद्यान्न उपलब्ध भएको तर महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर प्रदान गरिएको यो पहिलो सामग्री भएको स्थानीयवासी फूलमती तामाङले बताइन् ।

विपद्को समयमा महिला तथा किशोरीका लागि यो धेरै उपयोगी हुने उनका भनाइ छ । स्टार्ट फण्डको सहयोग, केयर नेपाल, पिपुल इन निड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा बाढी पहिरो विपद् प्रतिकार्य कार्यक्रमअन्तर्गत उक्त समुदायलाई स्वच्छतासम्बन्धी मञ्जन, साबुन, मास्क, सेनिटरी प्याड, तौलिया, स्यानिटाइजर, काइँयोलगायत सामग्री उपलब्ध गराइएको थियो ।

वि.सं.२०७८ साउन ४ सोमवार १२:४८ मा प्रकाशित

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन...

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

काठमाडौँ । सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

सिद्धार्थनगर (भैरहवा) । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...