back
CTIZAN AD

१३ अकंले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब माथि

वि.सं.२०७८ साउन ४ सोमवार

654 

shares

४ फागुन, काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार (नेप्से) १३ अकंले बढेको छ । आज बजार परिसूचक १३ दशमलव ९७ अकंले बढेर समग्र परिसूचक २९९४ दशमलव ५८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ भने ० दशमलब ०२ अकंले घटेर ५६० दशमलब ९४ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २१९ कम्पनीको ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०६ रुपैंया बराबरको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ७ हजार ७ सय ९७ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा एनआईशी एशिया बैंक, नबिल बैंक, नेपाल बङ्गलादेश बैंक, सिनर्जी पावर डेभल्पमेन्ट लिमिटेड लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा एनआईशी एशिया ग्रोथ फण्ड,ग्लोबल आईएमई समुन्नत योजना–२, सानिमा इक्यूटी फण्ड, लक्ष्मी इक्यूटी फन्ड लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सेयर बजारमा दोहोरो अकंले बढ्दा सिनर्जी पावर डेभल्पमेन्टका लगानीकार्ताहरुले उच्च अकंले कमाएका छन । उनीहरुले १० प्रतिशतले कमाएका छन । त्यस्तै विशाल बजार कम्पनीका लगानीकर्ताले ९.२० प्रतिशत, नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ७.५७ प्रतिशत, नागरीक लगानी कोषका लगानीकर्ताले ६.४० प्रतिशतले कमाउदाँ, नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर २०८२ का लगानीकर्ताले ५.८७ प्रतिशत, सनराईज डिबेञ्चर २०८३ का लगानीकर्ताले ५.०६ प्रतिशत, गोर्खाज फाइनान्सका लगानीकर्ताले ३.६० प्रतिशत, मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ३.२० प्रतिशतले गुमाएका छन ।

आज भएको कारोबारमा ९४ कम्पनी लागनीकर्ताले कमाउदाँ ८४ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ५ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७८ साउन ४ सोमवार १५:३० मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...