४ साउन, काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २५ गते सोमबार तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ ।
कम्पनीले सभामा आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन वित्तीय विवरण र आर्थिक वर्ष ०७६/७७ को वर्तमान लेखा परीक्षकलाई पुःन नियुक्ति गर्ने समेत प्रस्ताव पेश हुने छन् ।
सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ । कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब पुग्ने छ ।
वि.सं.२०७८ साउन ४ सोमवार १६:२८ मा प्रकाशित


























