back
CTIZAN AD

नाइजेरियामा भएको एम्बुस आक्रमणमा परी १३ प्रहरी मारिए

वि.सं.२०७८ साउन ४ सोमवार

774 

shares

४ साउन,कानो, नाइजेरिया ।  नाइजेरियाको उत्तरपश्चिमी राज्य जम्फारामा भएको एक एम्बुस आक्रमणमा १३ प्रहरी मारिएका छन् ।

प्रहरी स्रोतले सोमबार दिएको जानकारी अनुसार बंगुदु जिल्लाको कुरारा मोटा गाउँमा एक प्रहरी कार्यालयमा एम्बुस आक्रमण गरेका थिए । यस आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ ।

उत्तरपश्चिमी नाइजेरियामा आपराधिक गिरोहहरूले आतङ्कित पारेका छन् । उनीहरूले गाउँमा छापा मार्ने, गाईवस्तु चोर्ने, फिरौतीको लागि अपहरण गर्ने र सरसमान लुटेर घर जलाउने काम गर्दै आएका छन् ।

आक्रमणकारीहरू नजिकैको जङ्गलमा लुक्न खोजिरहेका र यस जङ्गलमा उनीहरूको लुक्ने ठाउँ रहेको विश्वास गरिएको प्रहरीले जानकारी दिएको छ । डाकुहरूले यसअघि नजिकैको म्याग्मी समुदायलाई आक्रमण गर्ने प्रयास गरेका थिए । उक्त आक्रमण प्रयासलाई सेनाले विफल पारेका जनाइएको छ ।

गत दुई वर्षमा नाइजेरियाका ८० हजार भन्दा बढी व्यक्ति आतङ्कका कारण छिमेकी देश नाइजरमा विस्थापित भएको बताइएको छ । एएफपी

वि.सं.२०७८ साउन ४ सोमवार २०:५९ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...