back
CTIZAN AD

कार कम्पनीका पूर्वप्रमुखलाई भगाएको अभियोगमा दुई अमेरिकीलाई जेल सजाय

वि.सं.२०७८ साउन ४ सोमवार

693 

shares

४ साउन, टोकियो । जापानी कार कम्पनी निसानका पूर्वप्रमुखलाई जापानबाट भाग्न सघाएको अभियोगमा अमेरिकीलाई जेल सजाय तोकिएको छ ।

निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोनलाई सन् २०१९ मा जापानबाट भाग्न सघाएको अभियोगमा एउटा स्थानीय अदालतले दुई अमेरिकीलाई दोषी ठहर गरेको हो । उनीहरू बाबुछोरा भएको जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

टोकियो अदालतले अमेरिकी विशेष बलका भूतपूर्व सैनिक ६० बर्षीय माइकल टेलरलाई उक्त मुद्दामा दुई वर्ष र उहाँका छोरा पिटरलाई अठार महिना जेल सजाय सुनाएको छ । जापानी अभियोजनकर्ताहरूले माइकल टेलरलाई दुई वर्ष १० महिना र पिटर टेलरलाई दुई वर्ष छ महिना कारागार पठाउनुपर्ने दाबी गरेका थिए ।

जापानमा कुनै पनि मुद्दामा आरोपितलाई हिरासतबाट उम्किन सघाउने व्यक्तिलाई कम्तीमा तीन बर्ष जेल सजाय हुनेगर्छ ।

अमेरिकी बाबुछोरा दुबैलाई जापानमा मुद्दा परेका गोनलाई एउटा सामान राख्ने बाकसमा लुकाएर निजी विमानबाट भगाएको आरोप लागेका यी दुई जनालाई अमेरिकाले जापानसमक्ष सुपुर्दगी गरेको थियो ।

डिसेम्बर २०१९ मा गोनलाई पश्चिम जापानको कान्साई विमानस्थलबाट गोनलाई भगाउन योजना बनाएको आरोप टेलर बाबुछोरामाथि लागेको थियो । त्यसका लागि उनीहरूले १३ लाख डलर पारिश्रमिक लिएको दाबी गरिएको छ । दुबै व्यक्तिले अभियोग स्वीकार गरेका र आफूले गरेको कामप्रति पश्चात्ताप व्यक्त गरेका बताइएको छ ।
माइकल टेलरले अमेरिकामा निजी सुरक्षासम्बन्धी विशेषज्ञको काम गर्ने गरेका थिए।

आर्थिक अनियमिततासम्बन्धी आरोपमा निसान कम्पनीका पूर्व प्रमुख गोन पहिलो पटक नोभेम्बर २०१८ मा पक्राउ परेका थिए । सन् २०१५ सम्म पाँच वर्ष आफ्नो आम्दानी कम देखाएको आरोप उनलाई लागेको थियो । सिन्ह्वा

वि.सं.२०७८ साउन ४ सोमवार २१:०१ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...