Logo
१० माघ २०७८, सोमबार
     Mon Jan 24 2022
E-paper
  English Edition
   Unicode
Logo

किन जान सक्दैन धुर्बिकरणमा एमालेको दोस्रो पुस्ता ?



नेकपा एमाले दोस्रो पुस्ताका मुख्य नेतृत्व विघटित कार्यदलका सदस्य छ्न् र आफूलाइ युवा नेतृत्व भन्दै एकताबद्ध हुने बहसमा छ्न । केपी ओलि र माधवकुमार नेपाललाई बिदाई गरेरै भएपनि नयाँ नेतृत्वको एमाले निर्माण गर्ने अभियान संचालन गरिरहेका छ्न्।

केपि ओलि तत्काल दोस्रो पुस्ताले भने जसरी न त नेतृत्व छोडन तयार छ्न न त त्यो कार्यदल केपी ओलिलाइ पार्टी अध्यक्षबाट बिस्थापन गर्न नै सक्छन् ।

ओलि र नेपाललाई बिस्थापन गर्ने गरि दोस्रो पुस्ताका नेतृत्वहरु मौजुदा एमालेको दुबै समूहमा सर्ब सम्मत, नेतृत्व क्षमता र नेतृत्व नै निर्माण भएको छैन। नेतृत्व निर्माण एउटा आन्दोलनले जन्माएको हुनुपर्छ ।

दुबै तर्फका तेस्रो पुस्ता दोस्रो पुस्ताका नेताहरुलाइ नेतृत्व स्वीकार गर्न तयार छैनन्, दोस्रो पुस्ता सिङ्गो एमाले र सुर्य चिन्हको मात्र गफ गरिरहेका छ्न। बिचार र दृस्टीकोणमा बहस छैन। तेस्रो पुस्ता केपि र माधवकुमारलाई मात्र नेता मान्न तयार छ। दस बुदे सहमतिलाई अस्विकार गरेबाट नै पुष्टि भएको छ।

अबको १७ महिना पछि निर्वाचन छ, केपि असफल भै सकेको एक खेमाको बुझाइ छ, माधवकुमारले नेतृत्व अबसर प्राप्त गर्दैनन् किनकि उनी अल्पमतमा छ्न र उनका समुहका दोस्रो पुस्ता उनको मृत्युमा जीवन देखिरहेका छ्न। दोस्रो पुस्ता संग न त एजेन्डा छ न त नीति, न राष्ट्र हाक्न सक्ने नेतृत्व ? सिङ्गो एमाले हुदा ‘न भाले न पोथी’ भन्ने उखान फेरि चरितार्थ हुन्छ किनकि हिजो सम्म प्रतिगमन भन्ने कुनै रियलाइजेसन नहुने, हिजोसम्म अर्को पार्टीको पुच्छर भन्ने कुनै कार्बाही नहुने, जनतामा सहि र गलत धारणा दिनै नसक्ने, कुनै धारको पनि प्रतिनिधित्व नहुने जसले गर्दा एमालेको मत झन कमजोर हुन्छ। ०६४ मा एजेन्डा नहुदा, एकताबद्ध एमाले र सुर्य चिन्हले पनि पार्टी तेस्रो भएको थियो नै।

केपि र माधवकुमार दुबै तत्काल नेतृत्व त्याग्न तयार छैनन किनकि ओलि अन्तर्राष्ट्रिय अनुदारबादी शक्ति, परम्परागत शक्ति, यथास्थितिबादी र हिन्दु धर्मभिरुहरुको मत आफूलाइ आउने र दरिलो उपस्थिति सहित १० बर्ष एमाले हाँक्न चाहन्छ्न, त्यसमा बाधक माधवकुमार र एमाले भित्र भएको बामपंथी प्रवृत्ति देखेका छ्न् उनी त्यसलाई निशेध गर्न चाहान्छ्न। माधवकुमार साबिक एमालेमा दक्षिणपन्थी शक्ति हाबी भयो पुनः देशभक्त, बामपंथी, प्रगतिशील र शक्तिहरुलाइ एकताबद्ध बनाएर बिगतमा कम्युनिष्ट पार्टी निर्माण, एमालेको बिकास र बिस्तार सहित माओवादी आन्दोलनलाई शान्ति प्रक्रियामा ल्याउदा नेतृत्व गरेको भुमिकालाई सस्थागत गर्न चाहान्छ्न।

दोस्रो पुस्ताको भावानात्मक धारणाले मात्र कार्यकर्ता र जनता आकर्षण हुने अवस्था रहदैन सिङ्गो पार्टी एकताबद्द हुने स्थिति हुदैन । यदि यस्तो अवस्था आयमा एमाले भित्र ओलि, माधवकुमार र दोस्रो पुस्ताका तिनवटा पार्टी बन्छन् ।

धुर्बिकरणमा जान दोस्रो पुस्ता नचाहनुको प्रमुख कारण विभाजित पार्टी हुँदा विभिन्न सजातीय प्रवृत्तिहरुको एकता हुने र त्यसमा आफ्नो राजनैतिक भबिस्यको अनिश्चय नै देख्नु नै हो। जुन सोचाइ दोस्रो पुस्तालाई अझ घातक सिद्द हुने देखिन्छ ।

(अधिकारी एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष हुन् ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गृहमन्त्रालयले भिजिट भिसामा खाडीका देश र मलेसिया जना नपाउने भनेर जारी गरेको

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि