back
CTIZAN AD

कोभिड खोपको दुवै मात्रा लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने

वि.सं.२०७८ साउन ५ मंगलवार

624 

shares

५ साउन । साउदी अरेबियाले कोभिड-१९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ ।

यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्रतिबन्ध लगाएको थियो । साउदी अरेबियामा पनि पछिल्लो समयमा कोभिडको नयाँ भेरिएन्ट भेटिएकोले धेरै मानिसहरु सङ्क्रमित हुन पुगेका छन् । त्यसैले कैयौं देशबाट यात्रामा प्रतिबन्ध लगाएको साउदी अरेबियाले अहिले भने कोभिडको दुवै खोप लगाएका व्यक्तिलाई साउदी अरेबिया जान पाउने गरी खुला गरेको हो ।

यहाँका आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सोमबार सो निर्णय गरेको हो । सो मन्त्रालयले कोभिडका विरुद्धको सतर्कताको एक अभियानका रुपमा यो नियम बनाएको हो । साउदी प्रेस एजेन्सीले सोमबार सो समाचार दिएको छ । उक्त एजेन्सीका अनुसार साउदी अरेबियाले यही अगष्ट ९ बाट यो यात्रा प्रतिबन्ध फुकुवा गरिने बताएको छ ।

यसअघि यहाँ कडा नयाँ भेरिएन्टका कारण धेरै ठूलो संख्यामा सङ्क्रमितहरु देखिएकामा पछिल्ला केही दिनमा त्यो सङ्क्रमणको संख्या घटेपछि यो निर्णय गरिएको हो । साउदी अरेबियाले गत मे १७ देखि यो यात्रा प्रतिबन्ध लगाएको थियो । त्यस यता यहाँ कैयौँ विदेशी उडानहरु पनि रोकिएको थियो ।

वि.सं.२०७८ साउन ५ मंगलवार १४:०२ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...