५ साउन, काठमाडौँ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आज (साउन ५ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले १ः१ को अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
हकप्रद निष्काशनका लागि कम्पनीले जेठ २८ गते बुकक्लोज गरेको थियो । यसअनुसार जेठ २७ गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन । कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
हाल ११ अर्ब रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशन तथा बाँडफाँटपछि २२ अर्ब रुपैयाँ पुग्नेछ।
वि.सं.२०७८ साउन ५ मंगलवार १५:०२ मा प्रकाशित


























